कोभिड–१९ को महामारीकाबीच स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मार्योः सांसद बस्नेत
सङ्घीय सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले कोभिड–१९ को महामारीकाबीच नेपालको स्वास्थ्य क्षेत्रले गुणात्मक फड्को मारेको बताउनु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २७ गते भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सांसद बस्नेतले भन्नु भयो– “कोभिड–१९ ले हाम्रो देशको स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मारेको छ, यस जिल्लामा मात्रै पनि भक्तपुर अस्पताल तथा थिमीको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सघन उपचार कक्ष, भेन्टिलेटरदेखि रोबर्ट नर्ससमेत व्यवस्था गरेको छ र जगातीमा सूर्यविनायक नगरपालिकाले अस्पताल बनाउदैछ” ।
उहाँले भन्नु भयो – “कोभिड परीक्षणका लागि विदेश पठाउनु पर्ने बाध्यताका बीच स्वदेशमै प्रयाप्त ल्याबका साथै देशको कुना कुनाका अस्पताल र स्वास्थ्य क्षेत्रमा सघन उपचार कक्षदेखि आवश्यक प्रविधि र सेवा विस्तार भएको छ, त्यो सकारात्मक पक्ष हो ।”
कोभिडको सम्बन्धमा सरकार गैर जिम्मेवार नभएको बताउदै उहाँले तीन तह कै सरकार मिलेर स्वास्थ्यका साथै विकासका काम अगाडि बढाएको बताउनुभयो । भक्तपुरको सडकमा कोही भोकै बस्नु नपरेको उहाँको भनाइ छ ।
शिक्षाको क्षेत्रमा भने सुधार आवश्यक भएको औल्याउँदै उहाँले अब कसरी कक्षालाई भौतिक उपस्थितिमा निरन्तरता दिने भनेर लाग्नु पर्ने बेला आएको औल्याउँदै उहाँले शिक्षालाई पनि पब्लिक, प्राइभेट पार्टनरसिपको अवधारणामा लैजानु पर्ने बताउनुभयो ।
सांसद बस्नेतले नागरिक समाज र राज्य सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । आलोचनात्मक दृष्टिकोणलाई त्यागेर रचनात्मक सञ्चार जगतको आवश्यकता रहेको बताउदै उहाँले पत्रकार र सञ्चार क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले नागरिक समाज एकीकृत ढङ्गले लाग्नु पर्नेमा जोड दिँदै कोरोनाले शिक्षा, विकास, स्वास्थ्य र महिला तथा बालबालिकालाई निकै प्रभाव पारेको बताउनुभयो ।
यसैगरी, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका कार्यबहाक अध्यक्ष जयराम थापाले देशको विपत्तिमा गैससको भूमिका महत्वपूर्ण रहेको औल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको समस्यामा शिक्षकको भूमिका गौण भएको र उनीहरूले शिक्षण गर्ने अवस्था नभए पनि जनचेतनाको लागि खेल्नु पर्ने भूमिका समेत शून्य भएको बताउनुभयो ।
सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी भएको बताउदै सञ्चार माध्यमले त्यसलाई चिर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले कोभिडसँग भागेर भन्दा पनि स्वास्थ्य सचेतना अपनाएर सबै क्षेत्र खुल्दै जानु पर्नेमा जोड दिनुभयो ।
चाँगुनारायण नगरपालिकाका महिला विकास अधिकृत निला घिमिरेले कोभिड–१९ ले कतिपयलाई छाक टार्नलाई समस्या परेको बताउँदै मनोसामाजिक परामर्श अत्यावश्यक रहेको भनाइ राख्नुभयो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले कोरोनाले शिक्षा, स्वास्थ्य, खाद्य र विकासमा पारेका असरकाबारेमा नागरिक समाज र सञ्चारकर्मीको सकारात्मक भूमिका प्रभावकारी हुने बताउनुभयो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…