कोभिड–१९ को प्रभाव शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारमा
सूर्यविनायक नगरपालिका क्षेत्रमा कोभिड–१९ को महामारीका कारण शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार संरक्षणमा समस्या आएको सरोकारवालाहरूले बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजना तथा सूर्यविनायक नगरपालिकास्तरीय मानवअधिकार समूहको समन्वयमा मङ्सिर १० गते आयोजना भएको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी समस्या तथा सरोकारवाला पहिचान र कार्य योजना निर्माण कार्यक्रममा भएको छलफलमा यस्ता समस्याको पहिचान गरिएको हो ।
छलफलमा शिक्षा तर्फको समस्या पहिचान गर्दै कोरोनाका कारण विद्यालय बन्द हुँदा विद्यार्थीहरूको समग्र शैक्षिकस्तरमा बाधा पुगेको बताइएको छ ।
शिक्षाबाट बञ्चित हुनु परेको, अनलाइन कक्षा प्रभावकारी नभएको, नगरपालिकाले अनलाइन कक्षाको बारेमा अनुगमन नगरेको, निजी विद्यालयले मनोमानी शुल्क लिएको, सरकारी शिक्षकले घर मै बसीबसी तलब खाएको तर शिक्षाको बैकल्पिक पद्धतिको बारेमा चासो नलिएको जस्ता समस्या पहिचान भएको छ ।
शिक्षा क्षेत्रको यस्ता समस्याको समाधान गर्न नगरपालिकालाई आग्रह गर्नुपर्ने आवश्यकता कार्यक्रममा औँल्याएको छ ।
कोभिडका कारण भएको लकडाउनको समयमा नगरपालिकाले वडा/वडामा रहेका स्वास्थ्य चौकीहरूलाई नियमित सञ्चालन गर्नमा कडाई गर्न नसक्दा बन्द भइरहने स्वास्थ्य संस्थाकाकारण सामान्य ज्वरो, रुघाखोकी आउँदा पनि निजी क्लिनिक तथा औषधि पसलमा जचाउँन जानु पर्ने र सरकारले निःशुल्क भनिएका औषधि पनि किन्नु अवस्था आएको थियो ।
स्वास्थ्य चौकीहरूले आफ्ना वडाका बासिन्दालाई कोभिडबारे स्वास्थ्य जनचेतना फैलाउने भन्दा पनि स्वास्थ्य संस्था मै नआउन आह्वान गर्दा बिरामी मर्कामा परेको, सूर्यविनायकका भौगोलिक अवस्था सबै तिर सजह नहुदाँ स्वास्थ्यमा सबैको पहुँच नपुगेको, सडक पुगेका बस्तीबाहेक ग्रामीण क्षेत्रमा नगरपालिकाले चासो नदिएको, कोभिड प्रभावित क्षेत्रको पहिचान गर्न र समस्या समाधानमा गम्भीर भएर चासो दिन नसकेको जस्ता समस्याहरू पहिचान गरिएको छ ।
त्यस्तै खाद्य अधिकारसम्बन्धी छलफलमा कोभिडले कृषि क्षेत्रलाई पनि प्रभावित पारेको, रासायनिक मल अभाव भएको, स्थानीय विउविजन लोप हुदै गएको, नगरपालिकाल वितरण गरेको विउ पर्याप्त नभएको, उत्पादित कृषि सामाग्रीको भण्डारण र बजारिकरणमा समेत प्रभावित भएको छ ।
यसैगरी बजारमा गुणस्तरहीन खाद्य सामाग्रीको बिक्री वितरण हुँदा पनि अनुगमन र कारबाही नहुनुले स्वास्थ्य मै असर गर्ने गरेको, कृषि तथा पशु बिमाका कार्यक्रम सबैतिर विस्तार हुन नसक्नु, कृषिसेवा केन्द्र मै प्रमुखहरू नहुनु जस्ता समस्याहरू रहेको औँल्याइएको छ ।
आवास अधिकार सम्बन्धी समस्यामा कागजी व्यबस्था नमिल्दा अझै पनि भूकम्पबाट क्षति भएका घरहरू अझै पुर्ननिर्माण गर्न नक्सा पासको मापदण्ड पुर्याउँदा कतिपय अप्ठ्यारामा परेको, भूकम्प पीडितको घर बन्न नसकेको, गुठी तथा मोहीका समस्याका कारण पुर्ननिर्माण हुन नसकेको जस्ता समस्या पहिचान भएका छन् ।
मानव अधिकार समूहको बैठक तथा छलफलबाट पहिचान भएको भएका शिक्षा, स्वास्थ्य, खाद्य, आवास अधिकारमा भएको समस्यालाई नगरपालिका समक्ष समाधानका लागि पहल गर्न ज्ञापन पत्र बुझाउने मानव अधिकार समूहका संयोजक कृष्णप्रसाद न्यौपानेले बताउनुभयो ।
सूर्यविनायक नगरस्तरीय मानव अधिकार समूहको सहभागिता रहेको कार्यक्रममा इन्सेक जिल्ला सहजकर्ता राजु मिजारले कार्यक्रमको उद्देश्य माथि जानकारी गराउनु भएको थियो ।
रमेश गिरी
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार तथा कानुनी संयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धी अभिमुखीकरण तालिम ०८० जेठ १९ गते हेटौँडामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा मनहरी गाउँपालिका…
वातावरणीय प्रदुषण कम गर्न माग गर्दै सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र
प्रदेश स्तरीय मानव अधिकार समूहले कर्णालीमा निमार्णाधीन तथा चालु सडकहरु उचित व्यवस्थापनका साथ निमार्ण तथा सञ्चालन गर्न माग गर्दै जेठ १३ गते सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको…
मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श सम्पन्न
अनौपचासरक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लुथरन विश्व फेड्रेशनको संयुक्त आयोजनामा मानव अधिकारको विश्वव्यापी आवधिक मध्यावधीक समीक्षासम्बन्धी प्रदेशस्तरीय परामर्श कार्यक्रम जेठ १७ गते धनगढीमा सम्पन्न भएको…
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी माविमा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…
गणतन्त्र दिवसको अवसरमा इन्सेकद्वारा शहीदको सम्झनामा दीप प्रज्वलन
गणतन्त्र दिवसको अवसरमा सशस्त्र द्वन्द्वमा राज्य र तत्कालीन विद्रोही पक्षबाट मारिएका शहीदहरूको सम्झनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङले जिल्लामा जेठ १५ गते दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।…