कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट बाल सञ्जाल गठन गरिएको हो ।
भेलाका प्रमुख अतिथी गण्डकी प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले बालबालिकाहरु भविष्यका कर्णधार नभएर वर्तमानका साझेदार भएको बताउनुभयो ।
‘बाल अधिकारसँगै कर्तव्य पालनाका विषयमा पनि सचेत भए जिम्मेवार नागरिक बन्न सकिन्छ,’ – उहाँले भन्नुभयो ।
मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बालबालिका सवाललाई पर्याप्त रुपमा समेट्ने उहाँको भनाइ थियो ।
शिक्षा निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले समाजमा हुने कुनै प्रकारका हिंसाबाट बालबालिकालाई जोगाउनुपर्ने बताउनुभयो ।
गैर सरकारी संस्था महासंघ नेपाल अध्यक्ष रामप्रसाद सुवेदीले राज्यले बाल अधिकारसम्बन्धी महासन्धी तथा बाल बालिकाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धता पुरा गर्नुपर्ने माग गर्नुभयो ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले नेपालको संविधान अनुसार बाल अधिकार सुनिश्चित हुन नसकेको बताउनुभयो ।
उहाँले बालबालिकाको व्यक्तित्व विकास र सिर्जनात्मक क्षमता अभिवृद्धिका लागि भेला गरेको जानकारी दिँदैे स्थानीय तहको निर्वाचनपश्चात प्रदेश स्तरीय बाल भेला गर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक चन्द्रकान्त चापागाईले बालबालिकाको अधिकारका सवाल मात्रै नभइ उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागी सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कास्कीका समन्वय अधिकारी नवराज बरालले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गर्दै सञ्जालले जिल्लाभरिका सबै बालबालिकालाई समेट्ने गरी आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले हरेक स्थानीय तहमा बाल सहभागीतामा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।
राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले बालबालिकाका सवालमा बन्ने नीति तथा कार्यक्रममा बालबालिकाहरुको सहभागीता हुनसके मात्रै अधिकार सुनिश्चित हुनसक्ने बताउनुभयो ।
पोखरा महानगर बालमञ्चका उपाध्यक्ष प्रतिष्ठा पौडेलले स्थानीय तहले बालबालिकाको विषयलाई गम्भीर रुपमा लिई नीतिगत तहमा उनीहरुको सहभागीतालाई प्राथमिकता दिनुपर्ने भनाइ राख्नुभयो ।
पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, माछापुच्छे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका बालबालिकाहरुको सहभागीता रहेको भेलामा बाल अधिकारसम्बन्धी महासन्धी, बाल अधिकार ऐन २०७५, प्रदेश ऐन २०७८, बालश्रम, बाल अधिकार मैत्री स्थानीय शासन लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समुहसँग मानव अधिकारका सवालमा अन्तरक्रिया तथा छलफल कार्यक्रम जेठ २२ गते सम्पन्न भएको छ । इन्सेक सुदूरपपिश्चम…
इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम…
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…