कावासोती नगरपालिकामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नवलपुर र इन्सेकद्वारा कावासोती नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहको आयोजनामा बाल विवाहविरुद्ध सचेतना अभियान कार्यक्रम फागुन १२ गते गरिएको छ ।
कावासोती नगरपालिकाको बाल विवाह उच्च रहेको कावासोती नगरपालिका–१ मा पहिलो चरणमा बाल विवाहविरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको मानव अधिकार समूह कावासोती नगरपालिकाका सदस्य दिपक शर्माले बताउनुभयो ।
उहाँले बाल विवाहको कारण शिक्षाको क्षेत्रमा नकारात्मक प्रभाव परेको हुँदा यो अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै शर्माले बाल अधिकार, बाल विवाहको लगायतको विषयमा साँझा बुझाइ आवश्यक रहेको बताउनुभयो ।
बाल विवाहको कारण सृजित समस्या र त्यसको न्यूनिकरणको लागि विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको साँझा बुझाइ आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरु स्वयम्ले आफु बाल विवाह नगर्ने प्रतिबद्धता गर्ने र अन्य साथिहरुलाई पनि त्यसमा प्रेरित गर्न आवश्यक रहेको बताउनुभयो ।
बाल विवाहको कारण बालबालिकाको स्वास्थ्य, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा परेको प्रभावको बारेमा उदाहरण दिदै बाल विवाह अन्त्यको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जिल्लामा बाल विवाहको दर उच्च रहेको भन्दै यसको न्यूनिकरणको लागि सबै पक्ष एकजुट र प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले बाल विवाहविरुद्ध कानुनी कारबाही पनि थालिनुपर्ने बताउनुभयो ।
कानुनी रुपमा बाल विवाहविरुद्ध भएका प्रावधानहरुको बारेमा उहाँले जानकारी समेत गराउनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावकहरुले स्थानीय स्तरमा बाल विवाह भइरहेको भन्दै गरिबी, अशिक्षा, कानुनी प्रावधान बारेमा ज्ञान नहुनु र पछिल्लो समय सामाजिक सञ्जाल मार्फत भित्रिएको विकृती मुख्य कारण भएको बताउनुभएको थियो ।
कावासोती नगरपालिकाको अन्य स्थानमा पनि बाल विवाहविरुद्धको सचेतना अभियान सञ्चालन गरिने इन्सेक जिल्ला सहजकर्ता गंगा विश्वकर्माले बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…