कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिकामा गठित मानाव अधिकार समूहले ०८१ असार २६ गते मानव अधिकार समूहको कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मिथिला नगरपालिकाका मानव अधिकार समूहबाट शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूबारे समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिक योजना सम्बन्धमा निर्णय गरेको छ ।
कार्यक्रममा ०८० मा नगरपालिकाका विभिन्न स्थानहरूमा सम्पन्न गरिएका जनचेतनामूलक कार्यक्रम, आगामी वर्षका लागि योजना गरिएको कार्यक्रमहरू, नीति निर्माण र कार्यान्वयन, ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ढल्केबर चोकमा दिप प्रज्जवल, कोमल होटलमा न्यायमा महिलाको पँहुच विषयमा अन्तरकृया कार्यक्रम, बाल श्रम दिवसको अवसरमा प्रभातफेरी, विश्व वातावरण दिवसमा श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केबरको प्राङगनमा वृक्षरोपण कार्यक्रम, स्थानीय समुदायलाई अधिकार र दायित्व प्रति सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउदै मानव अधिकार समूहले मिथिला नगरपालिकाको कार्यलयमा ध्यानाकर्षण बुझाएको छ ।
इन्सेकद्वारा मिथिला नगरपालिकामा सञ्चालित शिक्षा कार्यक्रम अन्तरगतका शिक्षा, स्वास्थ्य, वातावरण र विभेद तथा महिला हिंसा न्यूनीकरणलगायतका कार्यक्रमहरूको सफलतापूर्ण कार्यन्वयनका लागि मिथिला नगरपालिकाका मानव अधिकार समूहको निरन्तर साथ, सहयोग र सहभागिता रहने मानव अधिकार समूहका अध्यक्ष मोहन कुमार महत्तोले बताउनु भयो ।
कार्यक्रमको सहजिकरण इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार गर्नुभयो ।
सन्तोषकुमार यादव
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…