कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई सहयोग
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न भदौ ३० गते फेदीखोला गाउँपालिका–२ को श्री कालाभैरव माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा गठन गरिएको बाल अधिकार चेतना समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न इन्सेक स्याङजा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले सो रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम बुझ्दै विद्यालयका प्रधानाध्यापक राजुकुमार श्रेष्ठले इन्सेकले पछिल्लो साल दिएको कोषको उपयोगिता बताउनुका साथै यस वर्ष सो रकमबाट विद्यालयमा सम्पन्न हुने क्रियाकलापको जानकारी दिनुभएको थियो ।
कोषबाट विद्यालयमा बालबालिकाहरूको लागि चित्रकला, हाजिरी जवाफ जस्ता प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले यस्ता प्रतियोगिताहरूमा विद्यार्थीहरू सहभागी हुँदा उनीहरूको आत्मबल बढने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बाल अधिकार चेतना समूहका सदस्य र विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
नवनिर्वाचित जनप्रतिनिधिलाई मानव अधिकार अभिमुखीकरण
शिवपुरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको लागि सञ्चालन गरिएको दुई दिने ‘जनप्रतिनिधिहरूका लागि मानव अधिकार, महिला तथा तथा लैङ्गिक हिंसासम्बन्धी तालिम’ साउन १७ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिका–७ सुनखानी गाउँपालिका–८…
सडक मानवरहित बनाउने जिल्ला समितिमा इन्सेक प्रतिनिधि
जिल्लाका सडक मानवरहित बनाउने अभियानलाई सफल पार्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संरक्षत्वमा एक समिति गठन गरिएको छ । समितिमा इन्सेक सुनसरीलाई प्रतिनिधिका रूपमा राखिएको छ । जिल्लालाई सडक मानवरहित…
किशोरीहरूका लागि आत्मरक्षा सीप जीवन उपयोगी: उपाध्यक्ष
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा साउन ४ गते दैलेखको…
नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयद्वारा सुर्खेतमा आयोजित नेतृत्व विकास तथा पैरवी सम्बन्धी तीन दिने तालिम असार ३१ गते सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा सुर्खेतका प्रमुख…
मानव अधिकार समूहद्वारा मृतक परिवारलाई खाद्यान्न सहयोग
इन्सेकद्वारा गठित मानव अधिकार समूह बाणगंगाले मृतक परिवारलाई असार २९ गते खाद्यान्न सहयोग गरेको छ । बाणगंगा नगरपालिका– ११ दक्षिण चेतियाकी ६१ वर्षीया मृतक घौघी थारूको परिवारलाई समूहका अध्यक्ष इन्दिरा…