कार्यक्रम सञ्चालन गर्न विद्यालयलाई बाल अधिकार चेतना समूह कोष हस्तान्तरण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कात्तिक ५ गते पुतलीबजार नगरपालिका–४ को श्री सरस्वती माध्यमिक विद्यालयको बालअधिकार चेतना समूहलाई १० हजार रुपियाँ कोष हस्तान्तरण गरेको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल कार्यक्रम (इएलपि) अन्तर्गत इन्सेकद्वारा विद्यालयमा गठन गरिएको बाल अधिकार चेतना समूहलाई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न सो रकम प्रदान गरिएको हो ।
कार्यक्रममा इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूह सदस्य लक्ष्मी विकले विद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
रकम बुझ्दै विद्यालयका सह–प्राध्यापक दिपक पौडेलले इन्सेकले पछिल्लो साल दिएको कोषको उपयोगिता बताउनुका साथै यस वर्ष सो रकमबाट विद्यालयमा सम्पन्न हुने क्रियाकलापको पनि जानकारी दिनुभएको थियो ।
कोषबाट विद्यालयमा बालबालिकाहरूको लागि चित्रकला, हाजिरी जवाफ, निबन्ध लेखन र वत्तृत्वकला जस्ता प्रतियोगिता गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँले यस्ता प्रतियोगिताहरूमा विद्यार्थीहरू सहभागी हुँदा उनीहरूको आत्मबल बढने भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा बाल अधिकार चेतना समूहका सदस्य र विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सहजीकरण स्याङ्जा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले गर्नुभएको थियो ।
तिलकुमारी थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना…
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…