कार्यक्रमको प्रभावकारिता विषयक समीक्षा कार्यक्रम सम्पन्न
इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी कार्यक्रम अन्तर्गत परियोजना सल्लाहकार समितिसँग कार्यक्रमको प्रभावकारिता विषयक समीक्षा कार्यक्रम असार ५ गते घोराहीमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्लामा इन्सेकद्वारा सञ्चालित इएलपी परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि गरिएका गतिविधिहरूको समीक्षा गरिएको थियो । इएलपी कार्यक्रमको प्रभावकारिताको समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी क्रियाकलापका लागि लाग्न सहभागीहरूले सुझाव दिएका थिए ।
परियोजना सल्लाहकार समितिका संयोजक जिल्ला समन्वय समितिका गैसस समन्वय शाखा अधिकृत डा. गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इएलपी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा गरिएका कार्यक्रमको जानकारी गराइएको थियो ।
जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले मानव अधिकार निगरानी समूह, बाल अधिकार चेतना समूह र युवा समूह तथा जिल्लास्तरमा गरिएका गतिविधि र त्यसका उपलब्धिका विषयमा सल्लाहकार समितिलाई जानकारी गराएका थिए ।
सो अवसरमा सेवाप्रदायक निकायहरू जिल्ला कृषि विकास, जिल्ला जनस्वास्थ्य, जिल्ला पशुसेवा कार्यालय, जिल्ला समन्वय समितिलगायतका प्रमुख तथा प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि निगरानी गर्ने र सेवा प्रदायक निकायलाई जबाफदेही बनाउने कार्यलाई अझ तीव्रता दिन सुझाव दिए ।
उनीहरूले इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमात्र नभई क्षेत्र र विषयलाई पनि आगामी दिनमा विस्तार गर्न आग्रह गरेका थिए ।
जेएन सागर
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…