कारागारका आश्रित बालबालिकाको शिक्षाको मागसहित ध्यानाकर्षण
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले पाल्पा कारागारमा रहेका आश्रित बालबालिकाहरूका लागि बाल कक्षा र बाल शिक्षकको ब्यवस्थापन गर्न मागसहित मङ्सिर २९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
पाल्पा कारागारमा कैद तोकिएका र नतोकिएका गरी ६७ जना महिला बन्दीहरू रहेका छन् र कारागारमा तीन जना बालक तथा चार जना बालिका आश्रित रूपमा बस्दै आएका छन् ।
बालबच्चाहरुलाई पढाउन राज्यको तर्फबाट कुनै पनि ब्यवस्था नहुँदा उनीहरूले कखरा सिक्न नपाएको भन्दै कारागारमा इसिडि कक्षा, बाल शिक्षक र बाल शिक्षा सामग्रीहरूको ब्यवस्थापन गर्न ध्यानाकर्षणपत्रमार्फत माग गरिएको छ ।
जिल्ला संयोजक भगवान भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा यस्तो सम्वेदनशील विषयमा यथाशीघ्र निर्णय गरी कार्यान्वयन गर्न गराउनसमेत अनुरोध गरिएको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले यो विषयमा जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी उनीहरूलाई पढ्ने व्यवस्था मिलाइने बताए । सो अवसरमा जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीले शिक्षा कार्यालयले यसबारे आगामी बैठकमा छलफल गरि इसिडी सञ्चालनका लागि पहल गर्ने बताइन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…