कानुनी राज्य स्थापनाको लागि सरकार प्रतिबद्ध छ: प्रदेश सभा संसाद सपकोटा

  ०७६ पुस ५ गते

गण्डकी प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले समाजमा भइरहेका घटनाहरूलाई न्यूनिकरण गर्दै कानुनी राज्य स्थापनाको लागि सरकार र राजनीतिक दल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले पुस ५ गते बागलुङमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सापकोटाले पछिल्लो समय अधिकार र कानुनको गलत प्रयोग सँगै व्याख्या भएको भन्दै सापकोटाले स्वच्छताको आधारमा मानव अधिकारका विषयहरूमाथि बहस गर्नुपर्ने समय आएको बताउनुभएको थियो ।

बलात्कार र यौन दुव्र्यवहारका घटनाहरूमा गलत व्याख्या हुँदा उजुरीका घटनाहरूमा वृद्धि हुन थालेको भन्दै सांसद सापकोटाले अधिकांश घटनाहरूमा वास्तविक पीडितले न्याय पाउन नसकेको बताउनुभयो ।

उहाँले सरकारबाट नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कार्यकर्ताको गिरफ्तारीमा मानव अधिकारको दृष्टि पुगे नपुगेको र गिरफ्तारपछि उनीहरूलाई गरिएको व्यवाहरहरूमा अनुगमन गर्नुपर्ने बताउनुभएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले इन्सेकले समयसमयमा गर्ने समीक्षा कार्यक्रमले जिल्लाको मानव अधिकारको अवस्था बुझन सहज हुने बताउनुभएको थियो ।

वर्ष पुस्तकको समीक्षा कार्यक्रमले घटनाको सार्वजनिक मात्र होइन राज्य र अन्य सबै पक्षलाई सम्वेदनशील बन्न समेत सहयोग पु¥याएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले देशमा रहेक दिन मानव अधिकार हनन्सँगै आपराधिक घटनाहरू बढदै गएको भएपनि सरकार संवेदनशील नभएको आरोप लगाउनुभयो ।

कार्यक्रममा इन्सेक बागलुङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलन गरेका १ सय ५ ओटा घटनाहरूको समीक्षा गरिएको थियो ।

इन्सेकले घरेलु हिंसाका ४६, यौन दुव्र्यवहारका आठ, बलात्कारका नौ, बलात्कार प्रयासका पाँच, नागरिक तथा राजनीतिक अधिकारका ११, धम्की तथा राज्यपक्षबाट कुटपिट एक, विद्यालयमा हुने शारीरिक दण्ड सजायका तीन, जातीय विभेदको एक, बहुविवाहका सात, बेचबिखन तथा ओसारपसारको एक, सम्पत्ति क्षतिका पाँच ओटालगायत घटनाको समीक्षा गरेको हो ।

photo20191221baglung (1)

photo20191221baglung (2)

photo20191221baglung (3)

photo20191221baglung (4)

photo20191221baglung (5)

photo20191221baglung (6)

photo20191221baglung (7)

photo20191221baglung (8)

photo20191221baglung (9)

photo20191221baglung (10)

सिर्जना पन्त