कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०८० जेठ १३ गते

घरेलु हिंसाबाट पीडित सान्नित्रिवेणी गाउँपालिका–४ की २४ वर्षीया कोपिला शाहीलाई कानुनी प्रकृयामा जान इन्सेकले जेठ १० गते प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सहयोग गरेको छ ।

२४ वर्षीय पति पुष्प थापाले कुटपिट गरेर घरनिकाला गरेको र कानुनी प्रक्रियामा जान समस्या भएको भन्दै पीडितले इन्सेकले गठन गरेको सिफारिस संयन्त्रमा सहयोगको लागि निवेदन दिएपछि इन्सेकबाट सहयोग हस्तान्तरण भएको हो ।

पीडितले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी पीडितलाई जिल्ला सदरमुकाममा कानुनी प्रक्रियामा जान आउन समस्या भएको थियो ।

घर निकाला भएपछि माइतीको आश्रयमा बस्दै आएकी पीडित शाहीलाई सिफारिस संयन्त्र संयोजक एवम जिल्ला बार इकाई कालिकोटका अध्यक्ष अमलराज शाही र मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाई इन्सेक जिल्ला प्रतिनिधि लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी माझीले सात हजार रुपियाँ हस्तान्तरण गर्नु भएको छ ।

घर निकाला भएकी पीडितले कानुनी प्रक्रियामा जान आर्थिक समस्या भएको भन्दै इन्सेक कर्णाली प्रदश कार्यालय मानव अधिकार सहायता कक्षलाई सहयोगका लागि चैत २४ गते निवेदन दिनु भएको थियो ।

सहयोग पाएपछि पीडित शाहीले कानुनी प्रकृयामा जान सहयोग भएको भन्दै इन्सेकलाई धन्यवाद दिनु भयो ।

Photo20230527Kalikot

कालीबहादुर मल्ल