कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रक्रियामा जान नसकेकी तिला गाउँपालिका –१ की २७ वर्षीया शान्ति नेपालीलाई वैशाख २० गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रक्रियामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
चन्दननाथ नगरपालिका महिला बालबालिका शाखाकी कमला कठायतलगायत व्यक्तिहरुको उपस्थितिमा सिफारिस संयन्त्रका संयोजक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले पीडितलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
३५ वर्षीय जँग नेपालीसँग ०६५ सालमा सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँका १३ वर्षीया एक छोरी र १० वर्षीय एक छोरा छन् । मदिरा सेवन गरी निरन्तर घरेलु हिंसा गर्न थालेपछि न्यायालय पुग्नु परेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पतिलाई सुधार्नका लागि धेरै कोसिस गरे पनि मदिरा सेवन गर्न छाडेनन् ।
ज्यान बचाउनै मुस्किल भएपछि ०७९ फागुन २० गतेदेखि दिदी मनशोभा परियारको घरमा आश्रय लिँदै आएको उहाँले बताउनु भयो । ‘पतिदेखि आजित भएर सम्बन्धविच्छेदका लागि जिल्ला अदालत जुम्लामा ०७९ चैत २७ गते मुद्दा दर्ता गरेको छु,’ उहाँले भन्नुभयो ।
यस्तै गुठीचौर गाउँपालिका– ३ गज्याङकोटकी २२ वर्षीया देवकी कामीलाई पनि न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
२६ वर्षीय बागबहादुर सुनारले ०७९ चैत ६ गते दोस्रो विवाह गरेपछि न्याय खोज्दै खलंगा पुग्नु भएको हो । चन्दननाथ नगरपालिका – १ तलिचौरकी २६ वर्षीया बेलमाया नेपालसँग दोस्रो विवाह गरेको उहाँले बताउनु भयो । पीडित देवकीले भन्नुभयो पतिले दोस्रो विवाह गरेपछि जिल्ला प्रहरी कार्यालयमा चैत १७ गते बहुविवाहसम्बन्धी उजुरी दर्ता गरेको छु । पति बागबहादुरसँग ०७४ मंसिर १७ गते सामाजिक परम्पराअनुसार विवाह गरेकी उहाँको एक छोरा छ । घरमा पत्नी र छोरा हुँदाहुँदै अर्काे विवाह गरी हिंसासमेत गर्ने गरेको देवकीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘उजुरी त गरियो । तर, असुरक्षाको त्रास हुने गरेको छ । कतै एकान्तमा मार्ने हो कि भन्ने डरत्रास हुने गरेको छ ।’
पीडित दुवै जनाले न्यायिक प्रक्रियामा जानका लागि इन्सेकले गठन गरेको सिफारिस संयन्त्रलाई सहयोग मागगर्दै निवेदन दिएका थिए । सोही बमोजिम दुवै जनालाई जनही ७ हजार रुपियाँ सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले बताउनुभयो ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक दुबै अभियान जरुरी: न्यायाधीश लम्साल
जिल्ला न्यायाधीश बलराम लम्सालले जातीय विभेद हटाउन दण्डात्मक र सचेतनामूलक अभियान सञ्चालन गर्न सके छिटोछरितो सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ । छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ औं वार्षिकोत्सवको…
मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा जेठ २१ गते मधेस प्रदेशको मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र…
जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चन्दननाथ नगरपालिका महिला बालबालिका शाखा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सरोकारवाला निकायको समन्वयमा जेठ २१ गते र्यालीसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला…
वडा स्तरीय मानव अधिकार समूह गठन
माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा जेठ १९ गते वडा स्तरीय मानव अधिकार समूह गठन भएको छ । समूहको अध्यक्षमा शोभा मोहन लम्साल, उपाध्यक्षमा लक्ष्मी लम्साल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा नवीन कुमार…