कानुनी प्रकृयामा जान पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

  २०८१ जेठ २१

बलात्कार घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ जेठ २१ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँकी ४४ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित एकल महिला भएको र पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित महिलालाई २०८० पुस ७ गते  धनगढी उपमहानगरपालिका—५ जाईका ४० वर्षीय केशर चन्दले बलात्कार गरेको आरोपमा पीडित पक्षले २०८० चैत ६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको थियो । पीडित महिलाको स्वस्थ्य परीक्षण चैत ६ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्षमार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।

मैनामोती चौधरी