कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न

  ०८१ असोज २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २२ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की साधारण सदस्य रुक्कैया खातुनले मानव अधिकारको सवालमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक विभेद जस्ता सवालमा इन्सेकले पहल गरिरहेको साथै यस्ता सवालमा स्थानीय सरोकारवालले पनि ध्यानाकर्षण गराउन आवश्यक सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा शिक्षा क्षेत्रको विद्यालय व्यवस्थापन समिति छनौट प्रक्रियामा त्रुटि रहेकोले शिक्षाको गुणस्तरमा कमी मानव अधिकार समूहका सल्लाहकार भोला प्रसाद विश्वकर्माले यसका सुधारका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गर्न जोड दिनुभयो ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद गुप्ताले स्वास्थ्य क्षेत्रमा नसर्ने रोगहरुको प्रवृति एकदमै बढ्दै गएको नेपाल सरकारले क्यानसर, ब्रेन हेमरेज, मुटुरोग जस्ता रोगको उपचारमा सहयोगका लागि रकम उपलब्ध गराएको जानकारी दिँदै यस विषयमा नगरपालिकाले लगायत सबै सरोकारवालाले प्रभावकारी कार्यान्वयन र समाधानका लागि प्रतिबद्ध हुने बताउनु भयो ।

मानव अधिकार समूहकी अध्यक्ष पुष्पा रेग्मीले लैङ्गिक विभेदका सवालमा महिलामा हुने घरेलु हिंसा कायम रहेको, घटना हुँदा पीडितलाई न्याय पाउन कठिनाई भएको, समाजमा बेमेल बढेको तथा घटनाहरू पीडितमैत्री भन्दा राजनीतिकरण भइरहेको बताउनु भयो ।

Photo09102024Kapilbastu

इन्सेक लुम्बिनी प्रदेश कार्यालय