कठिन परिस्थितिमा इन्सेकले गरेको काम सम्झिरहन्छौं : कार्यवाहक मेयर
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका कार्यवाहक मेयर बलिराम खड्काले सशस्त्र युद्धको समयमा सरकारी पक्ष र त्यसबेलाको द्वन्द्वरत पक्षको दोहोरो चेपुवामा परेको बेला सर्वसाधारणको जिउज्यान सुरक्षामा गरेको काम भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को प्रशंसा गर्नुभएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले इएलपी कार्यक्रम अन्तरगत गठित बाल अधिकार समूहका २६ जना बालबालिकाहरुका लागि मङ्सिर २० गतेदेखि सुरुभएको दुई दिने बाल अधिकार सचेतना तालिमको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
त्यसबेला ज्यान जोगाउन गाह्रो थियो, इन्सेकले पहल गरेर कैयौंको ज्यान जोगियो । ‘सशस्त्र द्वन्द्वको समयमा सेना प्रहरीले माओवादी भनेर दुख दिन्थ्यो, माओवादीले सुराकी भन्थे । पक्राउ वा अपहरण गरे इन्सेकलाई भनेर बाँचेका धेरै छौं’ कार्यवाहक मेयर खड्काले सुनाउनु भयो ।
द्वन्द्वको बेला ज्यान जोगाउने काम गरेको संस्था अहिले शान्तिको समयमा पनि समाजमा भेदभाव र असमानता छ । असमानता हटाउन अहिले बाल अधिकारका कुरा सिकाउन थालेकोले सहभागीले तालिमबाट सिकेको सीप व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
त्यसबखत इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुबेदीले शान्ति प्रक्रियालाई सघाउन इएलपी कार्यक्रमले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारको प्रवद्र्धन गर्न इएलपी कार्यक्रम सञ्चाल गरिरहेको त्यस अन्तरगत बाल अधिकार सचेतना तालिम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी नगरस्तरीय मानव अधिकार समूहका संयोजक बलिराम जैसी, जनता मावि बस्तेकोटका प्रधानाध्यापक जनक कार्की, जयदेव मावि जम्बुकाँधका निमित्त प्रधानाध्यापक सुर्जकला बुढा लगायतले बाल अधिकार सचेतना तालिमको महत्व विषयमा बोल्नुभएको थियो ।
बाल अधिकार सचेतना तालिममा जनता मावि बस्तेकोट र जयदेव मावि जम्बुकाँधमा गठित बाल अधिकरा समूहका २६ जना बालबालिकाको सहभागिता छ । इएलपी कार्यक्रमले बाल अधिकारका सवाल सवलीकरण गर्न ती दुई विद्यालयमा बाल अधिकार समूह गठन गरेको छ ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…