एक वर्षमा एक सय ओटा घटना अभिलेखित
यस वर्ष उदयपुरमा १ सय ओटा घटना सङ्कलन गरिएको एक कार्यक्रममा जानकारी दिइएको छ । इन्सेक उदयपुरले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरेको घटनाहरूको समीक्षाका लागि मङ्सिर २६ गते आयोजना गरेको कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
सबैभन्दा बढी घरेलु हिंसाका घटनालाई अभिलेख गरिएको इन्सेकका उदयपुर जिल्ला प्रतिनिधि भरत खड्काले जानकारी दिए । तथ्याङ्कअनुसार घरेलु हिंसाका ६० ओटा, बालिका बलात्कारका १९ ओटा, बालबालिका अपहरणका दुई ओटा, महिलामाथि बलात्कारका सात ओटा, कथित बोक्सीको आरोपका दुई ओटा, बहुविवाहका चार ओटा, जातीय विभेदको एउटा लगायतका घटना गरी १ सय ओटा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले इन्सेकको वर्षपुस्तक मानव अधिकारको दस्तावेज भएकाले अभिलेखिकरण गर्दा सावधानी अपनाउनु पर्ने बताए । उनले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना खासै नभएपनि हिंसाका घटना भने निकै रहेको बताए ।
प्रजिअ घिमिरेले ग्रामीण क्षेत्रमा परेका समस्याका बारेमासमेत अभिलेखिकरण गर्न सके अझ प्रभावकारी हुने बताए ।
भरत खड्का
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जानकी गाउँपालिकामा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ माघ ११ गते सम्पन्न भएको छ । उक्त बैठकमा विगतमा भएको निर्णयको…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…