एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकताः अध्यक्ष प्याकुरेल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशमा एकीकृत मानव अधिकार आन्दोलनलाई पुनर्जिवित गर्न आवश्यक रहेको जोड दिएका छन् ।
इन्सेकद्वारा साउन ३ र ४ गते काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रम निर्देशिका कार्यशालाको उदघाटन सत्रमा उनले देशका सबै नागरिकको उन्नतीका लागि एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका हुन् ।
अध्यक्ष प्याकुरेलले वर्तमान परिवेशमा इन्सेकको भूमिका बढदै गएकाले आफ्ना गतिविधिलाई प्रभावकारी बनाउनु पर्ने बताए । यसका लागि जनताका बीचमा प्रत्यक्ष प्रभाव हुने गरी कार्यक्रम गर्नुपर्ने उनले बताए । उनले स्थानीय तहका प्रतिनिधिसँग असल सम्बन्ध स्थापना गर्दै राम्रा कामको नजिर स्थापना गर्ने गरी काम गर्न आग्रह गरे । ‘हामीले जहिले पनि उदाहरणीय काम गर्ने हो । एक ठाउँमा भएका राम्रा कामलाई अन्य ठाउँमा पनि कार्यान्वयनका लागि आग्रह गर्नुपर्छ ।’–अध्यक्ष प्याकुरेलले भने ।
कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रम निर्देशिकामा भएका सबै क्रियाकलाप समयमा सम्पन्न गर्नुपर्ने बताए । आगामी वर्षमा गरिने कार्यक्रम सम्बन्धमा स्पष्ट हुनका लागि कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ ।
कार्यक्रम साउन ३ र ४ गते सञ्चालन गरिने इन्सेक पिएमई अधिकृत सुबेच्छा खडकाले बताइन् ।
इन्सेक कार्यालय, काठमाडौँ
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…