इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न

  ०७९ चैत १० गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।

photo20230323kailali (1)

इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले अनुगमनका क्रममा मानव अधिकार  समुहले गरेको  काम प्रसन्शनीय रहेकाले आगामी दिनहरुहमा पनि नगरपालिकाको नीति तथा कार्यकम र मानव अधिकार सम्बन्धि ऐन कानुन कार्यान्वयनका लागि इन्सेकले मानव अधिकार समुहसँग सहकार्य गर्ने बताउनु भयो ।

मानव अधिकार समुहकी अध्यक्ष सावित्रा आचार्याले मानव अधिकार समुहमा आवद्ध भएर काम गर्दा धेरै कुरा सिक्ने मौका मिलेको र व्यक्तिगत जिवनमा नै परिवर्तन आएकोले सिकाईलाई निरन्तरता दिइरहने अनगुमगन टोलीसँग प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

photo20230323kailali (2)

मानव अधिकार समुहकी कोषाध्यक्ष आशा परियारले स्थानीय समुदायमा देखिएका शिक्षा, स्वास्थ्य, खाद्य जस्ता मानव अधिकारका सवालमा देखिएका समस्यालाई समाधानका लागि मानव अधिकार समुहले पटकपटक पालिकालाई ध्यानाकर्षण गर्दै आइरहेको बताउनु भयो ।

मानव अधिकार समुहका सदस्य बिरेन्द्र शाहले मानव अधिकार समुहलाई दिगोपना दिनका लागि स्थानीय तहमा वैधानिक रुपमा दर्ता गरी स्थानीय तहसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनु भयो ।

यसैगरी अनुगमन टोलीले कञ्चनपुर जिल्ला बेलौरी नगरपालिमा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रमको चैत ८ गते अनुगमन गरेको थियो ।

photo20230323kailali (3)

बेलौरी नगरपालिकास्तरीय मानव अधिकार समुहका अध्यक्ष गोविन्दप्रसाद सापकोटाले मानव अधिकार समुहलाई दिगोरुपमा निरन्तरता दिनका लागि बेलौरी नगरपालिकामा विधिवत रुपमा दर्ता गरिसकेकाले सेवा प्रवाहका लागि कार्यालयको स्थापना गर्ने योजना रहेको बताउनु भयो ।

अनुगमन टोलीले मानव अधिकार समुहका पदाधिकारी, बाल अधिकार चेतना समुहका पदाधिकारी, संरक्षक शिक्षकसँग कार्यक्रमको प्रभावकारीता, समस्या र आगमी योजनाका बारेमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो । अनुगमन टोलीमा इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, कार्यक्रम फोकल पर्सन राजकुमार चौधरी, लेखापरीक्षक विवेक अधिकारी र किरण तिरुवाको सहभागिता  रहेको थियो ।

photo20230323kailali (4)

मैनामोती चौधरी