इन्सेक र मानव अधिकार समूह कपिलवस्तुद्वारा नव जीवन संस्थाको अनुगमन
इन्सेक र मानव अधिकार समूहले कपिलवस्तु नगरपालिका –३ क्याम्पस टोलस्थित नव जिवन संस्थाको माघ २९ गते अनुगमन गरेको छ ।
अनुगमनका क्रममा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँगै अन्य समुदायलाई समेत सेवा दिदै आएको पाइयो । ०६७ मा स्थापना भएको नव जीवन संस्थाले जिल्लामा रहेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको यौन स्वास्थ्य र मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको नव जीवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा बिष्टले बताउनु भयो ।
संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरूकालागि जिविकोपार्जन र स्वास्थ्य उपचारका लागि स्थानियतहहरूसँग र बिभिन्न संघ संस्थाहरूसँग समन्वय गर्दै आएको संयोजक बिष्टले बताउनु भयो ।
लुम्बिनी प्रदेशले यौनिक तथा लैंगिक अल्पसंख्य समुदायलाई एक प्रतिशत मात्र आरक्षण कोटा छुट्टाएको बताउँदै समलिंगीहरूलाई पनि विवाहको लागि मान्यता दिइएको जानकारी दिदै राज्यबाट प्राप्त गर्नुपर्ने केहि अधिकारहरू सुनिश्चित भएको संयोजक बिष्टले महसुश गर्नु भयो ।
अनुगमनका क्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि राम्रो काम गरेको पाइयो ।
संस्थामा स्वास्थ्य उपचारकालागि क्लीनिक , ल्याव र सामाजिक मनोविमर्श कक्षको अनुगमन गरिएको थियो । सो अवसरमा संस्थाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बिस्तार गर्न सम्पूर्ण नगरपालिकाहरूसँग समन्वय गरि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अन्य समुदायलाई समेट्न नव जीवन संस्थालाई सुझाव दिनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित
मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ । कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका…
बालविवाह विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित जनज्योति बाल अधिकार समूह बराहताल गाउँपालिका–५, बड्डीचौरको आयोजना, बराहताल मानव अधिकार समूह, जनज्योती माध्यामिक विद्यालय बराहताल गाउँपालिका–५ बड्डीचौरको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक…
बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण
जानकी गाउँपालिका–४ मा रहेको जानकी माध्यमिक विद्यालयमा इन्सेकले ०८१ माघ २५ गते बाल अधिकार सचेतना समूह परिचालन कोष हस्तान्तरण गरेको छ । उक्त बाल अधिकार समूहले बाल अधिकार सम्बन्धी हाजिरी…
गुल्मीमा विद्यालय बाहिरका २ सय ४४ किशोरीले एचपिभी खोप लगाउँदै !
तम्घासका आठ सडक बालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । रेसुङ्गा नगरपालिकाको स्वास्थ्य संयोजक मञ्जु घर्ति मगरका अनुसार जन्मदर्ता नभएका र विद्यालयभन्दा बाहिर रहेको बालिकाहरूलाई खोप लगाइएको…
मानव अधिकार रक्षकको सुरक्षाका लागि कानुन निर्माण गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार रक्षकहरूको सुरक्षा र संरक्षणका लागि कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले तयार पारेको…