इन्सेक र मानव अधिकार समूहद्वारा प्रथमिक स्वास्थ्य केन्द्रको अनुगमन
इन्सेक र मानव अधिकार समूह मायादेवीद्वारा मायाँदेवी गाउँपालिका–७ स्थित हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा माघ २५ गते स्थलगत अनुगमन गरेको छ ।
गाउँपालिकामा गठित मानव अधिकार समूहका अध्यक्ष सतिषप्रसाद पाण्डेयको संयोजकत्वमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य सम्मिलत टोलीले हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रको समस्याहरू पहिचान गर्नका लागि स्थलगत अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले बर्थिङ सेन्टर सञ्चालन गरिएको हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल सरकारले ९८ प्रकारका औषधिहरू निशुल्क उपलब्ध गराउने भने पनि ४,५ प्रकारको औषधि मात्र उपलब्ध भएको पाइयो ।
बढी मात्रामा प्रयोग हुने सिटामोल एक सातादेखि प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेव रिषिराम गैरेले बताउनु भयो । स्थानिय तहसँग पटक पटक माग गर्दा समेत सुनुवाइ नभएको गैरेले बताउनु भयो ।
औषधिहरू समयमा उपलब्ध नहुँदा स्वास्थ्य जाँच गराउन आएका बिरामीहरूलाई सिटामोल लगायतका औषधिहरूको सेवा दिन नसकिएको , गर्भवती महिलाहरूले स्वास्थ्य परीक्षण गराए पनि भिडियो एक्सरे र एक्सरे सेवा लिन नपाएको, सुत्केरीहरूका लागि कम्वर्ड शौचालयको व्यवस्था नभएको , पोषण कक्ष भएको कर्नर नभएको, बिरामीहरूलाई जाँच गर्ने विपीसेट , थर्मामिटर र वेवी वार्मरको समस्या रहेको अनुगमनका क्रममा पाइयो ।
यसैगरी, साउनदेखि पुस मसान्त सम्म ८६ जनाले सुत्केरी गराएका छन् सुत्केरी पश्चात पाउने प्रोतसाहन भत्ता माघ २५ गते सम्म जम्मा २९ जनाले मात्र प्राप्त गरेको र ५७ जना सुत्केरीले प्रोत्साहन भत्ता पाउन नसकेको अनुगमनका क्रममा पाइयो । सुत्केरीले किन तत्काल प्रोत्साहन भत्ता पाएनन् त भन्ने बिषयमा सिअहेव गैरैसँग सोध्दा गाउँपालिकाले नपठाएका कारण सुत्केरी पश्चात पाउने सेवा नपाएको अनुगमनका क्रममा पाइयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…