इन्सेक र जागरणको सहकार्यमा सञ्चालित परियोजना सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण नेपालले सुनसरीमा संयुक्त रूपमा सञ्चालन गरेको नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनकालागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको पुस ६ गते एक कार्यक्रम गरी सम्पन्न भएको जानकारी दिइएको छ ।
दुई वर्षसम्म सुनसरीका चार ओटा गाविसमा सञ्चालित परियोजनाले यस क्षेत्रका पछाडि पारिएका समुदायलाई न्याय र सरकारी सेवाको पहुँचमा ल्याउन सफल भएको कार्यक्रमका वक्ताहरूले बताए । कार्यक्रममा जागरण नेपालकी व्यवस्थापक मिना विष्टले परियोजना सकिएको जनाकारी गराएकी थिइन् ।
परियोजनाले गरेका उपलब्धीलाई संस्थागत गर्न सम्बन्धित क्षेत्रका व्यक्तिलाई जानकारीका लागि समापन कार्यक्रम गरिएको उनले बताइन् ।
कार्यक्रममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यलयका प्रलेख अधिकृत देवराज पोखरेल, जिल्ला विकास समिति सुनसरीका कार्यक्रम अधिकृत भेषराज घिमिरे, जिल्ला शिक्षा कार्यालयका यज्ञप्रसाद ढकाल, जिल्ला स्वास्थ्य कार्यलयका भुनन्दन साह, जिल्ला कृषि कार्यालयका देवनारायण साहलगायतले परियोजनाले उदाहरणीय काम गरेको प्रतिक्रिया दिएका थिए ।
शेखर ढकाल
सम्बन्धित इन्सेक गतिविधिहरू
बलात्कार घटनाकी पीडितलाई इन्सेकको आर्थिक सहयोग
डिसीएको आर्थिक सहयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा ०८१ चैत ४ गते बलात्कार घटनाकी पीडित २२ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।…
वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न
इन्सेकले चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ०८१ चैत ३ गते स्थानीय तहमा वाातावरण अधिकार विषयक कार्यशाला सम्पन्न गरेको छ । कार्यशालामा जवाफदेही वक्ता र सहभागीहरूले फोहोर व्यवस्थापन मुख्य चुनौती भएको बताएका छन् । सङ्घीय…
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ । बैठकमा इन्सेक…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भएका कारण सामुहिक बलात्कारमा पर्नुभएकी १३ वर्षीया बालिकालाई इन्सेकले कानुनी प्रकृयामा जानका लागि फागुन २९ गते पीडित परिवारलाई १० हजार रुपियाँ सहयोग गरेको छ । इन्सेक रुपन्देही…
बलात्कार घटनाको पीडित बालिकालाई इन्सेकको सहयोग
१४ वर्षीया बलात्कार घटनाका पीडित बालिकालाई इन्सेकले ०८१ चैत १ गते आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आफन्तले दिएको निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि मार्फत बालिकालाई १० हजार रुपियाँ…