इन्सेक र आसमान नेपालद्वारा लैङ्गिक हिंसा बिरूद्ध अन्तरक्रिया र र्यालीको आयोजना
इन्सेक र असामान नेपाल लगायतकाले राजविराजमा मङ्सिर २१ गते लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया र र्यालीको आयोजना गरेको छ ।
लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको अवसरमा आयोजित अन्तरक्रिया र र्याली कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्ने बताउनु भयो ।
समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने उहाँले बताउनु भयो ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राजविराज नगरपालिकाकी अनीता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहयोगी समाजका रामप्रकाश चौधरी, मिलाफकी अध्यक्ष रमिला साह, थारु महिला समन्वय समितिका अध्यक्ष चन्द्रकला चौधरी, प्याब्सन मधेस प्रदेशकी उपाध्यक्ष रिभा मिश्र, आसमान नेपालकी रेणु सिंह र शान्ता सिंहले शुभकामना मन्तव्य राख्नु भयो ।
कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्ध अभियानमा संलग्न इन्सेक प्रतिनिधि पोखरेलसहित अधिकारकर्मीहरुलाई सम्मान गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रम अघि हिंसा विरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुसमा जिल्ला प्रहरी कार्यालयका एसपी अविनारायण काफ्लेलगायत सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…