इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि सम्मानित

  ०८१ पुस २८ गते

मानव अधिकार र उपभोक्ता अधिकारको क्षेत्रमा लामो समयसम्म काम गर्दे आउनुभएकी इन्सेक रुपन्देही र प्रतिनिधि रीमा बिसी सम्मानित हुनुभएको छ ।

Photo12012025Rupandehi1

उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशले व्यवसाय र मानव अधिकार विषयक प्रदेशस्तरी कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दोसल्ला तथा सम्मान पत्रले सम्मान हुनुभएको हो । बिसी विगत लामो समयदेखि सञ्चार, मानव अधिकार र उपभोक्ताहरूको मानव अधिकारका विषयमा काम गर्दे आउनुभएको छ ।

यो सम्मानले मानव अधिकार र उपभोक्ताको अधिकारको क्षेत्र अझ जिम्मेवारी थपिएकोले आगामी दिनमा अझ मानव अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने हौसला र प्रेरणा मिलेको बताउनु भयो ।

Photo12012025Rupandehi

इन्सेक लुम्बिनी प्रदेश कार्यालय