इन्सेक र राजविराज नगरपालिकाद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
इन्सेक, राजविराज नगरपालिका र सामुदायिक सेवा केन्द्रलगायतको आयोजनामा मङ्सिर २० गते राजविराजमा ‘लैङ्गिक हिंसा न्यूनिकरण’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित राजविराज नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा दुर्गा सेकेण्डरी विद्यालयका अभिनव यादव प्रथम हुनु भएको छ ।
पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयकी नेहा झा द्वितीय, ह्याप्पील्याण्ड सेकेण्डरी विद्यालयकी ज्योति साह तृतीय र लिटिल एञ्जेल मोर्डन सेकेण्डरी स्कूलका हर्षजित मिश्र सान्तवना पुरस्कारबाट पुरस्कृत हुनु भएको छ । प्रतियोगितामा २२ जनाको सहभागिता रहेको थियो ।
पुरस्कृत प्रतियोगीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो।
विजेताहरुलाई नगरपालिकाकी कार्यपालिका सदस्य ललिता कर्ण, सप्तरी सामुदायिक सेवा केन्द्रका हितनारायण लाल दास, इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि एवम् १६ दिने अभियान मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले पुरस्कार वितरण गर्नु भयो ।
विद्यार्थीहरुलाई लैङ्गिक हिंसाका बारेमा जानकारी हुन सकोस् र उनीहरुले पनि न्यूनिकरणका उपाय अन्य सरोकारवालालाई जानकारी गराउन सकुन् भन्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गरेको आयोजकले जनाएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…