इन्सेक जिल्ला प्रतिनिधि मल्ल सम्मानित

  ०८१ माघ २७ गते

मानव अधिकार र श्रमजीवि पत्रकारको अधिकारका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्ललाई प्रेस चौतारी नेपाल कालिकोटले सम्मानित गरेको छ ।

Photo09022025Kalikot

कालिकोट जिल्लामा बसेर मानव अधिकार रक्षकका अधिकार सुनिश्चित गर्न पहल गर्नुका साथै दलित महिला तथा पीडितका मानव अधिकारका सवालमा कलम चलाएकोले इन्सेक जिल्ला प्रतिनिधिलाई प्रस चौतारी नेपाल कालिकोटका अध्यक्ष विश्वनाथ सिम्खाडाले फूल माला, खादा लगाउनुका साथै प्रमाणपत्र प्रदान गरि सम्मान गर्नुभएको हो ।

प्रेस चौतारी नेपाल कालिकोटको माघ २५ गते सम्पन्न सातौ जिल्ला अधिवेशन समापन कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मल्ललाई मानव अधिकारका लागि महत्त्वपूर्ण कार्य गरेकाले सम्मान गरिएको नव निवाचित अध्यक्ष रमेश सुनारले बताउनु भयो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय