इन्सेक गण्डकीद्वारा जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया

  ०७९ पुस १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले जिल्ला प्रतिनिधिहरूसँग पुस १७ गते पोखरामा अन्तरक्रिया गरेको छ ।

‘मानव अधिकार उल्लङ्घनका पीडितहरूको कानुनी प्रक्रिया र न्यायमा पहुँच’ विषयक अन्तरक्रियामा जिल्ला प्रतिनिधिहरूले आ–आफ्नो जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले संस्थाले सन् १९९२ देखि नै नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको बताउनु भयो ।

उहाँले शिक्षा, स्वास्थ्य, वातावरण र खाद्य अधिकारका विषयमा पनि कलम चलाउन जिल्ला प्रतिनिधिहरूलाई आग्रह गर्नु भयो ।

ज्येष्ठ नागरिक ऐन २०६३ ले ज्येष्ठ नागरिकहरूलाई अधिकार प्रत्यायोजन गरेपनि उनीहरू अधिकार उपभोग गर्नबाट वञ्चित रहेको उहाँको भनाइ थियो ।

photo20230101kaski

नारायण क्षेत्री