इन्सेक कञ्चनपुरको आयोजनामा निःशुल्क बाली उपचार शिविर सम्पन्न

इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूहको आयोजनामा असार २४ गते शङ्करपुर र बेलौरीमा निःशुल्क बाली उपचार शिविर सम्पन्न भएको छ ।

Photo20170709Kanchanpur

शङ्करपुर र बेलौरीमा सम्पन्न निःशुल्क बाली उपचार शिविरमा शङ्करपुरका ३५ जना कृषक र बेलौरीका २५ जना कृषकहरूले विभिन्न रोग लागेका बालीहरूको जाँच गराएका थिए ।

कृषकहरूलाई बालीमा रोग लागेपछि उपचार गराउने बानी बसाउनका लागि निःशुल्क बाली उपचार शिविरको आयोजना गरिएको मानव अधिकार निगरानी समूह, शङ्करपुरकी संयोजक अनिता रानाले बताइन् ।

निःशुल्क बाली उपचार शिविरमा ल्याइएका बालीहरूको जाँच क्षेत्रीय बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका प्राविधिक राममिलन चौधरी र कृषी सेवा केन्द्र बेलौरीका प्रमुख एकराज वलीले गरेका थिए ।

कोमलनिरन्जन भाट