इन्सेकको समीक्षा बैठक पोखरामा

  ०७८ मङ्सिर २९ गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यलयको आयोजनामा वार्षिक समीक्षा बैठक पोखरामा मङ्सिर २९ गते सुरु गरिएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले सिक्ने, सिकाउने र समीक्षा गर्ने बैठक भएकाले सबैको सक्रिय सहभागिताको अपेक्षा राखेको बताउनु भयो ।

उहाँले आगामी दिनका योजनालाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारे छलफल केन्द्रित हुनुपर्ने बताउनुभयो ।

समयक्रम अनुसार मानव अधिकारको विषय अझ व्यापक बन्दै गएको उहाँले बताउनुभयो । मानव अधिकारसँगै वातावरण अधिकारका विषयमा पनि कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

इन्सेकले मानव अधिकारको प्राप्तिका लागि गरिरहेको वकालत र पहल तीन ओटै तहका सरकारमा कस्तो प्रभाव परिरहेको छ भन्ने बारे पनि बैठकमा समीक्षा गर्न आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

उहाँले इन्सेकका आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन के कसरी अगाडी बढ्न सकिन्छ भन्ने बारेमा आवश्यक छलफल, सुझावको अपेक्षा राखेको समेत उहाँले बताउनुभयो ।

बैठकको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले सबै प्रदेशमा सञ्चालित कार्यक्रमहरूको समीक्षा र आगामी दिनको कार्ययोजनाका बारेमा छलफलका लागि  बैठक आयोजना गरिएको जानकारी गराउनुभयो ।

उहाँले आगामी दिनका इन्सेक कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने बताउनु भयो । उहाँले समग्र कार्यक्रमको उपलब्धि र प्रभावको खोजी गर्दै आगमी दिनमा कार्यक्रमहरूलाई अझ शसक्त र उपयोगी बनाउन लाग्नुपर्ने  बताउनु भयो ।

दिगो विकासका लक्ष्यलाई प्राप्ति गर्नका लागि इन्सेकका कार्यक्रमहरु केन्द्रित रहने उहाँको भनाइ छ । बैठकमा इन्सेक केन्द्रिय कार्यलय र सात ओटै प्रदेश कार्यलयबाट सहभागिता रहेको छ ।

photo20211215kaski (1)

photo20211215kaski (2)

photo20211215kaski (3)

photo20211215kaski (4)

photo20211215kaski (5)

photo20211215kaski (8)

photo20211215kaski (1)

photo20211215kaski (2)

photo20211215kaski (3)

photo20211215kaski (4)

photo20211215kaski (9)

सुशन घिमिरे