इन्सेकलगायत सरोकारवाला निकायको सहकार्यमा जुम्लामा मनाईयो महिला दिवस
११३ औ अन्तराष्ट्रिय महिला दिवस जुम्लामा पनि मनाएको छ । चन्दननाथ नगरपालिका, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), किर्डाक, पेस नेपाल, लगायतका सरोकारवाला निकायको समन्वयमा फागुन २४ गते महिला दिवस मनाएको हो ।
यहाँको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा बृहत र्यालीसहित टुडिखेल मैदानमा देउडा प्रतियोगिता, मञ्च कार्यक्रम गरेर महिला दिवस सम्पन्न भएको हो ।
नगरउपप्रमुख रामदेवी खड्काकाको अध्यक्षता, जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यको प्रमुख आथित्यता, नगरप्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी सहित सुरक्षा निकाय प्रमुखहरु, राष्ट्रिय मानव अधिकार आयोग सहित सरोकारवाला निकायको उपस्थितिमा दिवस मनाईएको हो ।
चन्दननाथ नगरपालिका महिला शाखाले गठन गरेका ४ वटा सहकारी, ढाणथपालाको देउडा गित संरक्षण समुहले सन्देश मुलक देउडागित प्रस्तुत गरेका थिए ।
दिवसको अवसरमा सहायक महिला निरीक्षक अम्विका मल्लले कार्यपत्र प्रस्तुत गर्नु भएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले अहिले पनि छोरा र छोरी जन्मदा विभेद हुने गरेको भन्दै यस्ता काम रोक्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो हिजो धार्मिक रुपमा बढ्दो विभेद थियो । अव समय वदलिएको छ ।
नगरउपप्रमुख रामदेवी खड्काले भन्नु भयो विश्वमा महिला राज्यको प्रमुख पदमा गएकाले महिला कमजोर छन भन्ने दृष्टिकोण वदल्नु पर्दछ । उहाँले संघीयता पछिको स्थानीय सरकारले अव महिला मुलधारमा ल्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार महिला सशक्तिकरण बढ्दै गएको छ । महिलालाई मुलधारमा ल्याएका लागि नीतिगत रुपमा काम गर्दै आएका छ । उहाँले भन्नुभयो अझै थप सशक्त बनाउनका लागि गर्नुपर्ने देखिन्छ ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…