इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
इन्सेक डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस महामारी फैलिरहेको अवस्थामा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहयोगमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीलाई असार २८ गते सहयोगस्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले इन्सेक जिल्ला सहजकर्ता रञ्जना बोगटीले नगरप्रमूख मलासीलाई ४ सय ५० ओटा,पाँच लिटर सेनिटाइजर, १ सय ५० जोडी ग्लोब्स र ५८ पिस साबुन हस्तान्तरण गर्नु भएको हो ।
नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामग्री ग्रहण गर्दै सहयोगका लागि इन्सेकलाई धन्यबाद दिनु हुँदै आगामी दिनमा पनि इन्सेकसँगको सययात्रा जारी रहने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
यसैगरी इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट बच्न सहयोग होस भन्ने उद्देश्यले इन्सेकद्धारा दशरथचन्द नगरपालिकालाई असार २८ गते सहयोगस्वारुप स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मानव अधिकार समूहका अध्यक्ष सरस्वती भट्टलगायत समूहको टोलिले दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिह थापालाई २ हजार थान मेडिकल मास्क, १ हजार पिस डिटोल साबुन, १ सय थान डिस्पोजल ग्लोब्स र ५ सय मिलिलिटरको सेनिटाइजर ६ बोतल हस्तान्तरण गरेको इन्सेकका कार्यक्रम सहजकर्ता निशा भट्टले बताउनु भयो ।
नेपाल सरकारले मास्क अनिवार्य गर्ने निर्णय गरेको बेलामा इन्सेकले मास्कलगायतक स्वास्थ्य सामग्री हस्तान्तरणले सहयोग पुगेको नगरप्रमुख थापाले बताउनु भयो ।
इएलपी कार्यक्रम अन्तर्गत दशरथचन्द नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको र पाटन नगरपालिकामा पनि इन्सेकले सामग्री हस्तान्तरणक गर्ने कार्यक्रम रहेको इन्सेकका बैतडी जिल्लाका सहजकर्ता भट्टले बताउनु भयो ।
यसैगरी इन्सेक कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको सङ्क्रमण न्युनीकरणमा सहयोग पुर्याउने उद्धेश्यले असार २६ गते इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुर्नवास नगरपालिकाको कार्यालयमा पुगेर स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
पुर्नवास नगरपालिकामा सञ्चालित स्थानीय समुदायको शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रम अन्तर्गत १ सय ५० पिस डिटोल साबुन, मेडीकल मास्क १ हजार ६ थान, १ सय जोडा डिस्पोजल ग्लोब्स र नौ बोतल सेनिटाइजरलगायतका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको इन्सेक कार्यक्रम सहजकर्ता कैलाश पनेरुले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढी
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…