इन्सेकद्वारा सुर्खेत कारागार अनुगमन, व्यवस्थापनमा कठिनाइ
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन विभाग प्रमुख पे्रमप्रसाद पराजुलीसहितको अधिकारकर्मीको टोलीले भदौ २७ गते सुर्खेत कारागारको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा टोलीले लामो समयदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका कैदीबन्दीहरूले भोग्नु परेको समस्याका बारेमा उनीहरूसँग प्रत्यक्ष रूपमा छलफल समेत गरेको छ । छलफलमा एकै स्थानमा कोचिएर बस्नुपर्दा खानेपानी, शौचालय, मौसम अनुसार लाग्ने रोग, खानेबस्ने तथा सुत्ने समस्याबाट आफूहरू प्रताडित हुनुपरेको कैदीबन्दीले बताएका थिए ।
कारागार अनुगमनको क्रममा आउने कारागार प्रशासन, सांसददेखि सरकारका मन्त्रीलाई समेत आफूहरूले भोग्दै आएको समस्याहरूको बारेमा अवगत गराएपनि समाधानको लागि पहलकदमी नभएको कारागारका नाइके शम्भु रोकायले बताए ।
०२९ सालमा निर्मित कारागारमा अहिले क्षमता भन्दा चार दोब्बर बढी कैदीबन्दी राखिएको छ । कारागारमा महिलाका लागि एक र पुरुषतर्फ चार वटा मात्र शौचालय छन् ।
५० जना क्षमता रहेको सुर्खेत कारागारमा हाल १ सय ९९ जना पुरुष र २३ जना महिला तथा एक जना आश्रित नाबालिका छन् । दश वर्ष अघि निर्माण सुरू गरिएको १ सय जनाको क्षमता भएको सुधार गृह विगत आठ वर्षदेखि निर्माण कार्य ठप्प रहेको छ ।
टोलीले सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र जिल्ला प्रहरी कार्यालयका एसपी बसन्त रजौरेसँग भेटघाट गरी जिल्लाको मानव अधिकारको अवस्थाका विषयमा जानकारी लिएको थियो ।
भेटघाटका क्रममा प्रजिअ यादवले मानव अधिकारको क्षेत्रमा काम गर्ने आधिकारिक संस्थाका रूपमा इन्सेकलाई हेर्ने गरिएको बताए । प्रजिअ यादवले इन्सेक मानव अधिकारको पर्यायवाची बनेकोसमेत बताए ।
एसपी रजौरेले सुरूसुरूमा प्रहरीलाई अधिकारकर्मीसँग बोल्नु हुदैन भन्ने जस्तो लाग्थ्यो अहिले सँगै काम गर्नुपर्छ भन्ने बुझाइ भएको बताए ।
अनुगमन टोलीले प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव ढुण्डीराज निरौलासँग पनि भेट गरेको थियो । भेटका क्रममा सचिव निरौलाले कर्णाली प्रदेशको विकासको अवस्थाका विषयमा जानकारी गराएका थिए ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…
बाल अधिकार चेतना समूहद्वारा जनचेतनामूलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र बेलौरी नगरपालिका–२ गोकुलपुरस्थित श्री लक्ष्मी माध्यमिक विद्यालय र बेलौरी नगरपालिका–३ खिरीयास्थीत श्री जनजागृती पुष्पलाल स्मृती माध्यमिक विद्यालयमा गठित बाल अधिकार…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समुह र जनकल्याण माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते सडक…
मानवअधिकारको पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
गण्डकी प्रदेश सरकार, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेशको संयुक्त आयोजनामा मङ्सिर २० गते पोखरामा मानवअधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न…