इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुपाल्चोकको आयोजनामा फागुन २७ गते चौतारा नगरपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
भूकम्पपछि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयमा गरिएको सार्वजनिक सुनुवाइमा चौतारा नगरपालिकाका कार्यकारी अधिकृत भुवनेश्वर लामिछानेले चौतारा नगरपालिकाको नगर परिषदबाट नै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको र भूकम्प पीडितलाई आवास पुनः निर्माणका लागि दिइने ५० हजार रुपियाँ चौतारा नगरबाट शुरू गरेको बताए ।
नेपाली काङ्ग्रेसका प्रतिनिधि हरिश्चन्द्र कुँवरले आवास निर्माणको लागि पहिलो किस्ता लिन छुटेका घर परिवारहरूले गुनासो फारम भरेका बताउँदै गुनासो फारम भर्नेहरूको रकम कहिले आउने हो टुङ्गो नभएको बताए ।
स्थानीय दिनेश रायमाझी, लिलेन्द्र शिवभक्ति, सिता कुँवरलगायतले भूकम्पपछि गाउँमा स्वास्थ्यको समस्या भएको बताए ।
नातिबावु धिताल
सम्बन्धित इन्सेक गतिविधिहरू
रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-७, सुनखानीमा रिन्यु परियोजनाको वार्षिक समीक्षा कार्यशाला ०८० असोज ६ गते सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले…
मानव अधिकार समूहको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८०असोज ५ गते धनुषाकाे बटेश्वर गाउँपालिका-३ को कार्यालयमा मानव अधिकार समूहको बैठक सम्पन्न भएको छ । बटेश्वर गाउँपालिकामा गठित मानव अधिकार…
बलपूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक
बल पूर्बक बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परीपुरण आवस्यक रहेको कार्यक्रममा सहभागीले जोड दिएका छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज द्वन्द्व पीडित समिती बर्दियाको आयोजनामा असोज ५ गते आयोजित कार्यक्रममा …
शान्ति दिवसको अवसर अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न
अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा द्वन्द्व प्रभावितहरुसँग अन्तरक्रिया तथा दीपप्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । ‘शान्तिकालागिकार्यहरु ः विश्वव्यापी लक्ष्यहरुको लागि हाम्रो महत्वकांक्षा’ भन्ने मूल नाराका साथ भदौ ४ गते अनौपचारिक क्षेत्र सेवा…
दुर्गम बस्ती हियाखोलामा बालविवाह विरुद्ध कानुनी सचेतना
तातोपानी गाउँपालिका – ६ हियाखोला गाउँमा बालविवाह विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । इन्सेक, मानवअधिकार रक्षक संजाल जुम्लाको आयोजना तथा ६ नम्बर वडापालिका र कालिका आधारभूत विद्यालय हियाखोलाको समन्वयमा बालविवाह…