इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन
जिल्लामा इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर्न फागुन २७ गते अनुगमन टोलीले परियोजना सञ्चालित क्षेत्रमा पुगी अन्रक्रिया गरेको छ ।
टोलीले बैजनाथ गाँउपालिका–१ चिसापानीमा मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको हो ।
ब्रेड फर द वल्र्डका प्रतिनिधि फ्रान्सिस्काले नेपालको राजनीतिक परिवर्तन बारेमा विभिन्न समाचार माध्यममार्फत आपूm जानकार रहेको बताउँदै जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गरिन् । उनले समस्या पहिचान गर्ने आधार र स्थानीय समूहहरूसँग काम गर्ने तरिकाका बारेमा जानकारी लिएकी थिइन् ।
वडा अध्यक्ष रूपबहादुर मल्लले इन्सेकद्वारा गठित मानव अधिकार निगरानी समूहसँग सहकार्य गरेर काम गरिरहेको बताउँदै निगरानी समूहलाई समय सापेक्ष क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिएका थिए ।
इन्सेक प्रदेश ५ का संयोजक भोला महतले मानव अधिकार निगरानी समूहले गरेका काम र आएका चुनौतीका बारेमा धारणा राख्न सहभागीहरूले सुझएका थिए ।
इन्सेक केन्द्रीय कार्यालयका कार्यक्रम प्रमुख सुवेच्छा खड्काले सहजीकरण गर्नुको साथै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा मानव अधिकार निगरानी समूहले गरेका कामहरूको बारेमा जानकारी लिएका थिए ।
मानव अधिकार निगरानी समूहका पदाधीकारी र वडा कार्यालयका जनप्रतिनिधिहरूले आफ्नो भनाइ राख्दै कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेका थिए ।
मानव अधिकार निगरानी समूहका संयोजक चित्रप्रसाद शर्माले निगरानी समूहले गरेका कामहरूका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी सुर्योदय माविका सहायक प्रधानाध्यापक सुमित्रा न्यौपाने, रारा आवासिय माध्यामिक विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले इन्सेकद्वारा सञ्चालित कार्यक्रमले विद्यालय र विद्यार्थीहरूमा परेको प्रभावका बारेमा जानकारी गराएका थिए ।
उनीहरूले समुदायमा बालविवाह समस्याका रूपमा रहेको बताएका थिए । यसैगरी टोलीले बैजनाथ गाँउपालिकाका अध्यक्ष र उपाध्यक्षसँग भेटघाट गरी मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको थियो ।
टोलीमा जर्मनकी फ्रान्सिस्का, भारत नोयडाकी मोहीनी चौधरी, इन्सेक प्रदेश संयोजक भोला महत, इन्सेक केन्द्रीय कार्यालयकी सुवेच्छा खड्का, फोकल पर्सन सरस्वती मल्ल रहेका थिए । त्यसैगरी टोलीमा फियान नेपालका कार्यकारी निर्देशक अशोक सिंह, क्षेत्रीय संयोजक सुरेश गौतमको पनि सहभागिता रहेको थियो ।
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज
सम्बन्धित इन्सेक गतिविधिहरू
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…
इन्सेकद्वारा उपचारमा आर्थिक अभाव झेलेका बालकलाई आर्थिक सहयोग
आर्थिक अभावका कारण डिस्चार्ज भएर घर जानसमेत समस्यामा परेका बैतडीका १४ वर्षीय रोशन धामीलाई इन्सेकले आर्थिक सहयोग गरेको छ । इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले पुस २७ गते पीडितलाई…