इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

  ०७३ असार ३० गते

इन्सेकद्वारा पश्चिमाञ्चलमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा असार ३० गते पोखरामा सम्पन्न गरिएको छ ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) पश्मिाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सम्पन्न समीक्षा बैठकमा बैठकमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल(इएलपी) कार्यक्रम सञ्चालन गरिएका कास्की, पर्वत र तनहुँका स्थानीय सहजकर्ताहरूले कार्यक्रमले पारेको प्रभाव र स्थानीय तहमा मानव अधिकारको सचेतनामा इन्सेक अभियानको महत्वबारे आफ्ना भोगाइ र सिकाइहरू प्रस्तुत गरेका थिए ।

Photo20160714Kaski

 

सो अवसरमा इन्सेक केन्द्रीय योजना तथा अनुगमन कार्यक्रमका प्रमुख सुशील चौधरीले सहजकर्ताहरूले प्रस्तुत गरेको प्रतिवेदनमा सुझावहरू समेट्दै इन्सेक अभियानमा इएलपी कार्यक्रमबाट आएको परिवर्तन समेतलाई समेटन सुझाव दिएका थिए ।

 

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले नागरिक तथा राजनीतिक अधिकारसँगै अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका लागि गाउँगाउँमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।