इन्सेकद्वारा मानव अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामद्वारा आयोजित नगरस्तरीय शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा सरोकारवालाहरूबिच नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत मानवको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अधिकारको विषयका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।
त्यसैगरी इन्सेक प्रदेश संयोजक राजु पासवानले इन्सेकबाट सञ्चालित कार्यक्रमहरू, परियोजनाको बारेमा प्रष्ट पार्दै अन्तरक्रियामा उठेका सवालहरूमा स्थानीय सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गरुडा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद साहले नगरपालिका भित्र निःशुल्क खोप कार्यक्रम सञ्चालन भएको र आगामी आर्थिक वर्षमा पनि सो योजना रहेको बताउनुभयो ।
नगरभित्र दुई ओटा बर्थिङ्ग सेन्टर रहेको छ जसमध्ये रौतहट जिल्लामा नै दोस्रो स्थानमा गरुडा बर्थिङ्ग सेन्टर रहेको बताउनु भयो ।
उहाँले विद्यालयहरूमा सेनिटरी प्याड तथा चेन्जरुम राख्ने निर्णय नगरबाट भएकाले कार्यान्वयनका लागि सरोकारवालाहरूलाई आग्रह गर्नु भयो ।
स्थानीय माविको कक्षा ८ मा अध्ययनरत छात्रा काजल रजकले विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था हुनुपर्ने, सेनेटरी प्याड, चेन्जरुम व्यवस्थित हुनुपर्ने, शुद्ध पिउने पानीको उचित व्यवस्था हुनुपर्ने गुनासो गर्नुभयो ।
पत्रकार महासङ्घका सदस्य रामप्रवेश बैठाले मानव अधिकार सबैको अधिकारको विषय हुँदाहुदै पनि पत्रकारहरू जहिले असुरक्षित भएर हिँड्नुपर्ने बताउनु भयो ।
गरुडा नगरपालिकाका प्रमुख इनु राय यादवले अन्तरक्रियामा उठेका सवाललाई नगरकार्यपालिकामा पेश गरी आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ । कार्यक्रममा…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…