इन्सेकद्वारा बालिकाहरूलाई लैंगिक हिंसा विरुद्ध चेतनामुलक कार्यक्रम
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै क्रममा चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा ०७९ मङ्सिर २३ गते २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध सचेतीकरण गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार रक्षक सञ्जाल जुम्लाको आयोजनामा बालकालिकालाई लैंगिक हिंसा विरुद्ध वरिष्ठ अधिवक्ता देवेन्द्रराज शर्माले सचेतीकरण गर्नु भएको हो ।
वरिष्ठ अधिवक्त सर्माले बालअधिकार, घरेलु हिंसा, बालविवाह, बहुविवाह, बालिकाहरु माथि हुने यौन हिंसा र बलात्कार घटनाका बारेमा सहजीकरण गर्नु भयो । यस्ताबाट बच्ने उपाय र कानुनी उपचारका विषयमा बालिकालाई सचेतीकरण गरिएको उहाँले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले विद्यालयका पाठ्क्रमसहित अन्य ज्ञानमुलक कुरा पनि पढ्नु पर्ने र सचेत हुनु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नुभयो अहिलेको डिजिटल युगमा धेरै संचार माध्यामबाट जीवन उपयोगी ज्ञान लिन सकिन्छ । ज्ञान मुलक कुरालाई जीवनमा कार्यन्वयन गर्नु पर्दछ ।
पछिल्लो समयमा डिजिटल माध्यम दुरुपोग गर्ने गरिएको उहाँले बताउनु भयो । यसबाट बालकालिका सचेत हुन जरुरी छ । बालबालिका लागुपदार्थमा फस्ने गरेका छन् । यो अवस्थामा अभिभावक पनि सचेत हुन जरुरी छ ।
लैंगिक हिंसा बिरुद्धको चेतनामुलक कार्यक्रममा कर्णाली माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिक्षा बुढ्थापाले भन्नु भयो धेरै कानुनी कुरा पाठ्यक्रममा समेटीएका हुदैन । यस्तै चेतनामुलक कार्यक्रमबाट हामी जानकारी लिनु हाम्रै लागि फाइदा हुन्छ । कार्यक्रममा ३५ जना बालिकाहरूको सहभागीता रहेको थियो ।
मानदत्त रावल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…