इन्सेकद्वारा बलात्कार घटनाकी पीडितलाई आर्थिक सहयोग

  ०८१ मङ्सिर ७ गते  

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई ०८१ मङ्सिर ६ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित बलिकालाई ०८१ जेठ २ गते मलंगवा नगरपालिका-२ का २२ वर्षीय सुजित भनिने सुजित कुमार यादवले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा जेठ १३ गते उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १३ गते जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

आरोपित यादव हालसम्म फरार रहेकोले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको आर्थिक अवस्था कमजोर रहेको हुनाले न्यायिक प्रक्रियामा सहयोग पुग्ने आशा गर्दै इन्सेक मधेस प्रदेश कार्यालयले पीडित बालिकालाई आर्थिक सहयोग गरेको प्रदेश संयोजक राजु पासवानले बताउनु भयो ।

बुधन साह