इन्सेकद्वारा निर्वाचन पूर्वको अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाबारे अनुगमन सुरु गरेको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमको नेतृत्वमा साधारण सदस्य कृष्णमुरारी भट्ट, क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, प्रलेख अधिकृत नारायण सुवेदीसहितको टोलीले वैशाख ४ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकार अवस्थाका बारेमा मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज, स्थानीय मतदाताहरूसँग छलफल गरेको छ ।
छलफल कार्यक्रममा इन्सेकका कायकारी निर्देशक गौतमले १९ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनलाई स्वाच्छ र निश्पक्ष बनाउनका लागि इन्सेकले तीन चरणको अनुगमन अभियान थालेको बताए ।
कालिकोट जिल्ला सदरमुकाम मान्ममा आयोजित जिल्लाको मानव अधिकार अवस्था विषयक छलफल कार्यक्रममा सहभागीले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई नकारात्मक असर पर्ने गतिविधिलाई निरुत्साहित बनाउन नागरिक समाजले महत्वपूर्ण भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न राक्सिराङ गाउँपालिका-३, पलासेस्थित सूर्योदय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते लैङ्गिक विभेद विरुद्ध सचेतना मुलक…
अन्धता विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न कालिका नगरपालिका-९, शक्तिखोर स्थित श्री राष्ट्रिय चतुर्मुखी माविको बाल अधिकार समूहले ०८० मङ्सिर १५ गते अन्धता विरुद्धको सचेतना…
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित गर्नुपर्छः सरोकारवालाहरू
पहिचानका आधारमा नागरिकता दिए र उनीहरूको पक्षमा नीति निर्माण गरेमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकार सुनिश्चित हुने सरोकारवालाहरूले बताएका छन् । समावेशी मञ्च नेपालको आयोजना तथा जिल्ला समन्वय समिति र…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत कालिका नगरपालिकाको प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि कालिका नगरपालिकामा गठन भएको मानव अधिकार समूहले कालिका नगरपालिका प्रशासकीय प्रमुखलाई ज्ञापन पत्र…
बाल अधिकार सचेतना समूहद्वारा लैंगिक हिंसा विरूद्धको सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा श्री नेरामावि, भाटनपुर्वा गठित बाल अधिकार सचेतना समूहले लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर १५ गते लैंगिक हिंसाविरूद्धको सडक नाटक प्रदर्शन गरेको छ…