इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले जेठ १६ र १७ गते दोलखा जिल्लाको मानव अधिकार अवस्थाबारे स्थानीय तथा जिल्लास्तरका सरोकारवालासँग छलफल गरेको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत भीमेश्वर नपागरपालिका–९ लाकुरीडाडा स्थित सुर्के मावि र सोही नगरपालिका–८ बोच स्थित देवी मावि बोचका बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूह र प्राधानाध्यापकसँग शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा छलफल गरेको हो ।
छलफलका क्रममा इन्सेकद्वारा सञ्चालित कार्यक्रमले बालमैत्री अध्ययन तथा अध्यापन, शौचालय व्यवस्थापन, निःशुल्क र अनिवार्य शिक्षा जस्ता सवालमा आवाज उठाउन थप सहयोग पुगेको बाल अधिकार चेतना समूहका सदस्यहरुले बताएका थिए ।
छलफलमा स्थानीय मानव अधिकार निगरानी समूहको पहलमा निःशुल्क औषधि र कर्मचारीको नियमितता भएको मानव अधिकार निगरानी समूहका पदाधिकारीले बताएका थिए । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र त्यसको स्थानीय स्तरमा भएको बुझाइबारे समेत छलफल भएको थियो ।
टोलीले प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला स्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष होम पाठक, नागरिक समाजका प्रतिनिधि र पत्रकार लगायतसँग जिल्लाको मानव अधिकार अवस्थाको बारेमा छलफल गरेको थियो । टोलीमा इन्सेकका व्यवस्थापन प्रमुख प्रेम पराजुली, इन्सेक कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम, कार्यक्रम फोकल पर्सन गणेश भण्डारी र इन्सेक जिल्ला प्रतिनिधि सहभागी थिए ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान…
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्विनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम…
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड
वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २०…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा…
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न
इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ…