इन्सेकद्वारा गरुडामा समस्या तथा सरोकारवालाहरूको पहिचान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले कात्तिक २९ गते आयोजित गरुडा नगरपालिकास्तरीय समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठकसम्पन्न गरेको छ ।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा भएका समस्याहरू र सरोकारवालाहरूको पहिचान गरी कमीकमजोरी भएको क्षेत्र तथा विषयमा कार्ययोजना निर्माण गरिएको हो ।
मानव अधिकार निगरानी समूह गरुडाका सदस्य शेख समिमले विद्यालयहरूमा खानेपानीको समस्या रहेको बताउनु भयो ।
मानव अधिकार निगरानी समूहकी सदस्य रिता यादवले सामुदायिक विद्यालयहरूमा बालिकाहरूलाई सेनिटरी प्याड, चेन्जरुम नरहेको र भएको ठाउँमा पनि प्रयोगमा नल्याइएकोतर्फ नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार निगरानी समूहका अध्यक्ष विसुनदयाल राय यादवले समय गुज्रिएका सामानहरू बिक्री वितरण भइरहेको आरोप लगाउनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार चेतना समूहले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
मायाँदेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्था देवी गाउँपालिकामा इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूहले विद्यालयका समस्या पहिचान गरी गाउँपालिकामा जेठ १४ गते ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकार समूहले…
मानव अधिकारसम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न
मानव अधिकार तथा कानुनी सयन्त्रसम्बन्धि अभिमुखीकरण तालिम ०८० जेठ १२ गते विदुरमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्चालन भएको दुई दिने तालिममा शिवपुरी गाउँपालिका-७…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
घरेलु हिंसाबाट पीडित सान्नित्रिवेणी गाउँपालिका–४ की २४ वर्षीया कोपिला शाहीलाई कानुनी प्रकृयामा जान इन्सेकले जेठ १० गते प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी मार्फत सहयोग गरेको छ । २४ वर्षीय पति…
छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन
बराहताल गाउँपालिका–७ लामाखालीमा छाउपडी प्रथा विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ । इन्सेकद्वारा गठित श्री प्रगतिशील सुर्यज्योती बाल अधिकार समूहको आयोजनामा तथा बराहताल मानव अधिकार समूह र श्री सुर्यज्योती माध्यमिक…
सरकार र गैससको प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिन्छः मुख्यमन्त्री
राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारबीच समन्वय र सहकार्य तथा गैससको संयुक्त प्रयासबाट नै मानव अधिकारको अवस्थामा सुधार ल्याउन सकिने…