इन्सेकद्वारा गरुडामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा गरुडा नगरस्तरीय मानव अधिकार समूहको सहकार्यमा मानव अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम श्रीपुर गरुडामा वैशाख १५ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले संविधानको मौलिक हकमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य, खाद्य र अवास हकलाई स्थानीय तहले नीति तथा कार्यक्रम मार्फत सुचिश्चित गर्नु पर्नेमा जोड दिनु भयो ।
वहाँले हालको समयमा नागरिकले अधिकार मात्र खोज्ने र कर्तव्य पुरा गर्न नचाहने गरेको उल्लेख गर्नु हुँदै अधिकारसँगै नागरिकले आ–आफ्नो कर्तव्य पनि निर्वाह गर्नु आवश्यक रहेको बताउनु भयो ।
तराई मधेसमा बसोवास गरिरहेका दलित तथा विपन्न समुदाय अहिले पनि झुपडीमा बसिरहेका कारण शितलहर तथा हावाहुरीमा दुःख तथा कष्टकर जीवन विताउन बाध्य रहेकोले नेपाल सरकारद्वारा सञ्चालनमा आएका जनता आवास कार्यक्रम प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनु भयो ।
नेपाल पत्रकार माहासङ्घ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले इन्सेकले गरिरहेको मानव अधिकारसम्बन्धी घटनाहरूको अभिलेखिकरण कार्यक्रम प्रभावकारी भएको बताउनु भयो । इन्सेकले पीडित व्यक्तिको न्यायको लागि पहल गर्ने कार्य सराहनीय रहेको वहाँले बताउनु भयो ।
महिला तथा बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया गुरोले मानव अधिकारको एउटा महत्वपूर्ण अङ्ग भनेको बालविवाह अन्त्य गर्नु रहेको बताउनु भयो ।
गाउँ घरमा बालविवाह व्याप्त रहेकोले बालविवाह अन्त्यका लागि लागि सबै लग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
श्रीपुर माविका प्रधानाध्यापक रामआधार पासवानले इन्सेकले मानव अधिकारका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको उल्लेख गर्नु हुँदै विद्यालयमा बाल अधिकार चेतना समूह गठन गरेर मानव अधिकारका विषयवस्तुमा जानकारी गराइरहेकोमा धन्यवाद दिनु भयो ।
मानव अधिकार समूह गरुडाका अध्यक्ष बिसुनदयाल यादवले विगत तीन वर्षदेखि गरुडा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका लागि विभिन्न कार्यक्रममार्फत सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने कार्य गरिरहेको बताउनु भयो ।
शिक्षा, स्वास्थ्य, खद्य र अवासको अधिकार सुनिश्चित नभएसम्म नागरिकले मानव अधिकारको प्रत्याभूति गर्न नसक्ने उहाँको भनाइ थियो ।
कोपिला तिमल्सिना
सम्बन्धित इन्सेक गतिविधिहरू
कास्की जिल्ला स्तरीय बाल सञ्जाल गठन
कास्कीमा जिल्ला स्तरीय बाल सञ्जाल गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजना तथा सामाजिक विकास कार्यालय कास्कीको सहयोगमा वैशाख २१ र २२ गते गरिएको बाल भेलाबाट…
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सम्पन्न
लैङ्गिक हिंसा तथा जातीय विभेदसम्बन्धी पाँच दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा वैशाख १७ सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा वैशाख १३ गतेदेखि सुरु भएको तालिम वैशाख १७ गते सम्पन्न…
शिक्षा, स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजना तथा चन्द्रपुर नगरस्तरीय मानव अधिकार समूहको आयोजनामा शिक्षा, स्वास्थ्य, खाध र आवासको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चन्द्रनिगहापुरमा वैशाख १६ गते सम्पन्न…
पहुँचयुक्त निर्वाचन प्रणाली बिषयक नीतिगत संवाद कार्यक्रम सम्पन्न
अपाङ्गता स्वाबलम्बन विकास सङ्घ र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पोखरामा वैशाख १६ गते अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार सुनिश्चित गर्न र पहुँचयुक्त निर्वाचन प्रणालीको बिकासका निम्ति सम्बन्धित…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय
खाँडादेवी गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार विषयक अन्तरक्रिय कार्यक्रम ०७९ वैशाख १४ गते सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको विषयमा संविधानमा भएको व्यवस्था र…