इन्सेकद्वारा कोभिड खोप केन्द्रहरूको अनुगमन

  ०७८ साउन १२ गते

इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले साउन १२ गते वीरेन्द्रनगरस्थित कोभिड –१९ खोप केन्द्रहरूको अनुगमन गरेको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदी सहितको टोलीले वीरेन्द्रनगर नपा– ७ र ८ स्थित खोप केन्द्रको अनुगमनको क्रममा खोप केन्द्रहरू अव्यवस्थित रूपमा सञ्चालन गरिएको, जेष्ठ नागरिक, अपाङ्गतामैत्री नभएको, पहुँचको आधारमा खोप लगाइएको र लक्षित समुदायले सहज रूपमा खोप पाउन नसकेको पाइएको थियो ।

20210727Surkhet 5

दुवै खोप केन्द्रमा स्वास्थ्य मापदण्ड पालना नगरिएको, लक्षित समुदायको परिचय पत्र अनिवार्य नगरिएको र व्यवस्थित रूपमा खोप सञ्चालन गर्नेतर्फ स्वंयम सरोकारवालाहरूले नै चासो नदिएको अनुगमनमा देखिएको थियो ।

पहुँचको आधारमा आफन्तहरूलाई खोप लगाउने गरेकाले आफूहरू जस्ता नागरिक सहज रूपमा खोप लगाउनबाट बञ्चित हुनु परेको वीरेन्द्रनगर नपा–७ का ६५ वर्षीय नगेन्द्र ढकालले गुनासो गर्नुभयो ।

20210727Surkhet 4

वीरेन्द्रनगर नपा जनस्वास्थ्य अधिकृत पर्शुराम खडकाले नागरिकहरू आफै सचेत हुनु पर्नेमा नभएको, खोप केन्द्रलाई व्यवस्थित रुपमा सञ्चालन गर्न लागिपरेको र लक्षित समुदाय बाहेकका नागरिकहरूले खोप लगाउनकै लागि सम्बन्धित कार्यालय वा संस्थाको सिफारिस पत्र ल्याउनाले समस्या आएको अधिकृत खडकाले जानकारी दिनु भयो ।

वीरेन्द्रनगर नपाले साउन ११ गतेदेखि ५५ वर्ष माथि उमेरका साथै शिक्षक, यातायात व्यावसायी, पहिलो मात्रा छुटेका, अपाङ्गता र बैदेशिक रोजगारीमा जाने नागरिकहरूलाई भेरोसेल खोप लगाउदै आएको छ ।

20210727Surkhet 3

वीरेन्द्रनगर नपा जनस्वास्थ्य शाखा मार्फत वीननपा–१ मा ६ सय, २ मा आडसय, ३ मा नौसय, ४ मा आठसय, ५ मा पाँचसय, ६ मा ११ सय ७ मा आठसय ८ मा नौसय, ९ मा सातसय ५०, १० मा नौसय, ११ मा आठसय, १२ मा आठसय, १३ मा ६ सय, १४ मा तीनसय, १५ मा एकसय ७० र १६ मा दुइसय डोज खोप पठाई सबै वडामा लगाउने कार्य जारी रहेको अधिकृत खडकाले जानकारी दिनु भयो ।

20210727Surkhet 1

कुल १२ हजार डोज भेरोसेल खोप नगरपालिकामा प्राप्त भएकोमा नजिकका वडा कार्यालयहरूका खोप केन्द्रहरूमा  खोप लगाउने दिन तथा वडा नम्बर १३, १४, १५ र १६ मा खोप लगाउनेको पहिलो दिन खोप पठाइने गरेको वीरेन्द्रनगर नपा स्वास्थ्य शाखाले जनाएको छ ।

20210727Surkhet 2

दुर्गा थापा