इन्सेकद्वारा किशोरी आत्मरक्षा अभिमुखीकरण
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा नारायण नगरपालिका–५ भैसेखोतस्थित महेन्द्र माध्यमिक विद्यालय सोतमा बालिकाहरूलाई हुने यौनजन्य हिंसाबाट जोगिने उपाय विषयमा मङ्सिर १६ गते किशोरी आत्मरक्षा अभिमुखीकरण गरिएको छ ।
किशोरी आत्मरक्षा अभियानकर्मी सुनिता सोनी नेतृत्वको किशोरी आत्मरक्षा समूहले बालिकाहरूमाथि हुने यौन हिंसा र बलात्कार घटनाबाट जोगिने उपाय र सीप बारे नमूना अभ्यास प्रस्तूत गरिएको थियो ।
किशोरी आत्मरक्षा अभिमुखीकरण कार्यक्रममा अभ्यास नमूना हेरेपछि दैलेखका प्रहरी इञ्चार्ज डीएसपी भुवनेश्वर साहले किशोरीहरूलाई आफू सुरक्षित रहन सीप र ज्ञान दिएको बताउनुभयो । उहाँले महिला र किशोरी माथि हुने हिंसा रोकथाम सरकारले ध्यान दिएको तर त्यसको लागि पीडित न्यायको निम्ति अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सामाजिक सेवा केन्द्र सोसेकको महिला तथा बालबालिका सेवा केन्द्रका कार्यक्रम अधिकृत प्रभाकुमार बिकले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बारे प्रकाश पार्दै हिंसा बिरुद्ध बोल्न थालिएपछि मात्र सुरक्षित हुन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि पत्रकार अमर सुनार, किशोरी आत्मरक्षा अभियन्ता सुनिता सोनी, महेन्द्र मावि सोताका सहायक अध्यापक पदमबहादुर बोहोराले सामाजिक संरचना र लैंगिक हिंसा रोकथामका उपाय विषयमा प्रकाश पार्नुभएको थियो ।
अमर सुनार
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहको बैठक तथा वडा स्तरमा मानव अधिकार समूह गठन सम्पन्न
गाउँपालिका स्तरीय मानव अधिकार समूहको बैठक तथा वडा स्तरीय मानव अधिकार समूह गठन माघ १७ गते माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा कार्यपालिका सदस्य जमुना पुनले समूहले घुम्ती बैठक…
मानव अधिकार समूह र स्थानिय सरोकारवालाहरूको क्षमता अभिबृद्धि तालिम सुरू
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलबस्तु नगरपालिकाको तौलिहवामा दुई दिने मानव अधिकार समुह र स्थानीय सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम माघ १३ गते सुरू भएको छ । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका उपमेयर…
सूर्तिजन्य पदार्थ नियमनको मागराख्दै मानव अधिकार रक्षक सञ्जालको नगरप्रमुखलाई ध्यानाकर्षण
सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणको माग राख्दै मानव अधिकार रक्षक सञ्जालले वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । वीरेन्द्रनगरमा माघ १० गते नमुना कर्णाली मानव अधिकार रक्षक सञ्जाल…
बाल अधिकार समूहका सदस्यहरूकालागि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा बाल अधिकार समूहका सदस्यहरूकालागि दुई दिने बाल अधिकार शिविर तथा क्षमता अभिवृद्धि तालिम कपिलवस्तुमा माघ ११ गते देखि सुरूभएको छ…
मानवअधिकारकर्मीहरूसंगको अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका केन्द्रिय कार्यालय व्यवस्थापन प्रमुख शुभेच्छा खड्का, डिसिएका कार्यक्रम व्यवस्थापक बालकृष्ण कट्टेलले मानव अधिकारसम्बन्धि प्रगति प्रतिवेदन तथा मानवअधिकार सहायता कक्षबारे जानकारी लिनुभएको छ । इन्सेक मधेस…