इन्सेकद्वारा कारागार अनुगमन, क्षमताभन्दा झण्डै चौबर बढी कैदीबन्दी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पोखरा कार्यालयको टोलीले जिल्ला कारागार बागलुङको अनुगमन गरेको छ ।
इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, प्रलेख अधिकृत सुमित्रा भट्टराई र बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तको टोलीले जेठ १४ गते कारागारको अनुगमन गरेको हो ।
अनुगमनको क्रममा कारागारका चौकिदार सुर्य नेपालीले २५ जना क्षमता भएको कारागारमा ९३ जना कैदी बन्दीहरू बस्नुपर्दा निकै समस्या हुने गरेको बताए । कैदीबन्दीहरूलाई नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दैनिक ७ सय ग्राम चामल तथा अन्य खाद्यान्न र प्रतिदिन ४५ रुपियाँ नगद उपलब्ध गराउँदै आएको भए पनि व्यवस्थापन गर्न गाह्रो भएको नेपालीले बताए । बर्खा सुरू भएसँगै धारोबाट फोहोर लेदो पानी आउने भएकाले खानेपानीको समस्या सुरू भएको उनको भनाई छ ।
उनले कारागारको कैदीबन्दी क्षमता अनुसार स्वास्थ्य उपचार र औषधि खर्च प्राप्त हुने भन्दै सामान्य उपचार पनि आफ्नो खर्चमा गर्नुपरेको बताएका छन् । संयोजक खकुरेलसँग कैदीबन्दीहरूले इन्सेकले प्रकाशन गर्दै आएका प्रकाशनहरू उपलब्ध गराइदिन माग गरेका छन् ।
अनुगमनको क्रममा खकुरेले कैदी बन्दीहरूलाई उनीहरूले प्राप्त गर्न सक्ने अधिकार र कर्तव्यको बारेका जानकारी गराएका थिए । सो टोलीले बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल र एसपी दिपक रेग्मीसँग पनि भेटघाट गरेको छ । भेटमा बागलुङ जिल्लाको शान्ति सुरक्षा र मानव अधिकारको अवस्था बारेमा छलफल भएको थियो ।
सिर्जना पन्त
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को साझेदारीमा डब्लुपीडी नेपालले मनहरीमा सञ्चालित अधिकार तथा आर्थिक विकासमामार्फत महिला सशक्तीकरण कार्यक्रम (रिन्यु परियोजना) को वार्षिक समीक्षा कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…