इन्सेकद्वारा अभिमुखिकरण कार्यक्रम शुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा ०८० जेठ २२ गते जनकपुरधाममा बलपूर्वक बेपत्ता पारिएका पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सातै प्रदेशका प्रदेश संयोजक र प्रलेख अधिकृतहरूलाई अभिमुखिकार्यक्रम सुरु भएको छ ।
उक्त कार्यक्रममा मन्तव्य राख्दै इन्सेक अध्यक्ष डा. कुन्दन अर्यालले सम्पूर्ण बल पूर्वक वेपत्ता पारिएका व्यक्तिहरूका परिवारको न्यायमा पहुँच अभिवृद्धि गर्दै इतिहासका रुपमा पढ्न पाउने गरी यस विषयसँग सम्बन्धित मुद्दाहरूलाई टुङ्ग्याउनु पर्ने बताउनु भयो । उहाँले सो कार्यका लागि सम्पूर्ण इन्सेककर्मीहरूलाई सक्रिय भएर पीडित पक्षहरूको न्यायमा पहुँच अभिवृद्धिका लागि सहयोग पुर्याउन अनुरोध समेत गर्नु भयो ।
उहाँले भन्नु भयो “यस विषयसँग सम्बन्धित हालसम्मका उपलब्धी, चुनौति र जटिलताहरू भन्दा बढि अबका नविनतम योजनाहरू र समस्या समाधानसँग सम्बन्धित रणनितिहरूमा सबै सरोकारवालाहरूको भूमिका बढाउँदै सरकारको ध्यानाकर्षण गराउने विषय प्रति नागरिक समाज गम्भिर हुनु आवश्यक छ । परम्परागत मानव अधिकारवादि धारणालाई समाज उन्मुख गराउन सके मात्रै नागरिकहरूले मानव अधिकारको प्रत्याभूति पाउन सक्छन् । ”
कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै इन्सेकका निर्देशक मदन पौडेलले इन्सेकको अभिलेखमा शसस्त्र द्वन्द्धको समयमा ९ सय ३१ जना बलपूर्वक हत्या गरिएका, १३ हजार २ सय ४६ जना बेपत्ता पारिएका र पाँच सय जना भन्दा बढि नागरिकहरू अपाङ्गता हुनु परेको बताउनु भयो ।
कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रविन पोखरेलले अपराधिक मुद्दाको व्यवस्थापन गर्ने सम्बन्धमा सहभागिहरूलाई अभिमुखिकरण प्रदान गर्नु भयो ।
त्यस्तै उच्च सरकारी वकिल कार्यालयका उपन्यायधिवक्ता विवेक बरालले न्यायिक प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन आवश्यक भूमिका र वर्तमान परिपेक्षका सन्दर्भमा सहजिकरण गर्नु भयो ।
कार्यक्रममा इन्सेक सुदुरपश्चिम कार्यालयका संयोजक खडक राज जोशीले नागरिक र राजनितिक अधिकारका सन्दर्भमा सहजिकरण गर्नु भयो ।
इन्सेक लुम्बिनी प्रदेश संयोजक भोलामहतले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका सन्दर्भमा सहजिकरण गर्नु भयो ।
त्यस्तै इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले महिला अधिकारको अवस्थाका सन्दर्भमा सहजिकरण गर्नु भयो ।
कार्यक्रम इन्सेक मधेश प्रदेश कार्यालयका संयोजक राजु पासवानले संचालन गर्नु भएको थियो ।
मधेस प्रदेश कार्यालय
सम्बन्धित इन्सेक गतिविधिहरू
वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डिसिएको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकार रक्षक सञ्जालको बैठक असोज १६ गते नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश संयोजक भोला महतले …
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…