इन्सेकद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा छलफल
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।
सोही सन्दर्भमा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा फागुन २५ गते छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
छलफलमा सहभागीहरूले घरेलु हिंसा र बलात्कारका घटनामा महिला तथा बालिकाहरू धेरै पीडित भइरहेकाले यस्ता घटना न्यूनीकरणका लागि एकीकृत प्रयास आवश्यक रहेको बताएका छन् ।
छलफलमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश कार्यालयका निर्देशक पवनकुमार भट्टले महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूको संयुक्त प्रयास आवश्यक रहेको बताउनु भयो ।
गैरसरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष विष्णु शर्माले मानवको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूले मानव अधिकार संरक्षणको क्षेत्रमा काम गरिरहे पनि महिला र बालबालिकाामाथि हुने विभिन्न किसिमका घटनाबाट पीडित हुने क्रम नरोकिएको बताउनु भयो । उहाँले कानुन कार्यान्वयनमा समस्या देखिँदा पीडितले न्याय पाउने अवस्था नरहेको बताउनु भयो । अध्यक्ष शर्माले पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायलाई घच्घच्याउन जरूरी रहेको बताउनु भयो । अध्यक्ष शर्माले महिला तथा बालबालिका पीडित भएका घटना दर्ता गर्न गाहृो हुँदा पीडितहरू न्यायिक अधिकारबाट समेत वञ्चित भइरहेको बताउनु भयो ।
माइती नेपालकी कार्यक्रम प्रमुख तथा मनोविमर्शकर्ता गीताञ्जली शर्माले घरेलु हिंसाका घटनालाई प्रहरीले वेवास्ता गर्दा पीडितले न्याय पाउन नसकेको बताउनु भयो । उहाँले घरेलु हिंसा पीडित महिलालाई न्यायका लागि सम्बन्धित निकाय सम्वेदनशील हुनुपर्ने बताउनु भयो । उहाँले साइवर क्राइमका घटना दर्ता गर्न र कानुनी कारबाहीमा समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘काठमाण्डौंबाट मात्रै साइवर क्राइमका घटना दर्ता र अनुसन्धान हुने भएकाले जिल्लामा भएका साइवर क्राइमका घटनाको उजुरी दर्ता गर्न र पीडितले न्याय पाउन समस्या भइरहेको छ।’
छलफलमा सीविन नेपाल मोरङका संयोजक वासु अधिकारीले बालिकाहरू आफन्त र छिमेकीहरूबाटै असुरक्षित भइरहेको बताउनु भयो । आफन्त र छिमेकीहरूबाटै बालिका बलात्कृत भएका घटना बढ्दो क्रममा रहेको उहाँले बताउनु भयो ।
तेस्रो लिङ्गीमा क्षेत्रमा कार्यरत परिवर्तनशील समाजका राजु पासवानले परिवार र समाजले तिरस्कार गर्दा तेस्रो लिङ्गीहरू समस्यामा परिरहेको गुनासो गर्नुभयो । उहाँले तेस्रो लिङ्गीलाई रोजगारीमा पहुँच नहुँदा जीवीकोपार्जनमासमेत समस्या हुने गरेको बताउनु भयो । तेस्रो लिङ्गीमाथि कुटपीट, दुर्व्यवहार र हिंसाका घटना दोहोरी रहेपनि पनि उनीहरू न्यायको पहुँचबाट टाढा रहेको पासवानले बताउनु भयो ।
छलफलको सहजीकरण इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले गर्नु भएको थियो ।
विनोद सुवेदी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेक र लेखापरीक्षक टोलीद्वारा कार्यक्रमको अनुगमन सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र लेखापरीक्षकको टोलीद्वारा घोडाघोडी नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय समुदायलाई सचेत पार्दै सरोकारवाला निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गतका गतिविधिहरुको चैत ८ गते अनुगमन गरिएको छ ।…
मादीमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न
कास्कीको मादी गाउँपालिका वडा नं. ३ मा वातावरण संरक्षण तथा अधिकार सम्बन्धी कार्यशाला चैत ७ गते सम्पन्न भएको छ । मानव अधिकार समूहद्धारा आयोजित कार्यशालामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण…
सचेत नागरिकले विभेद विरुद्ध बोल्नैपर्छ : प्रमुख शाही
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले समाजका सचेत नागरिकहरुले विभेद र असमानता विरुद्ध बोल्न सुरु नगरे जातीय विभेद हट्न नसक्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय जातिभेद तथा रङ्गभेद विरुद्धको दिवसको…
बाल अधिकार सचेतना समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मिथिला नगरपालिका–६ ढल्केवरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले बालविवाह र दइजो प्रथाविरुद्ध चैत ३ गते ढल्केवरको पूर्वारी चोकमा सडक नाटक…
प्रदेशस्तरीय बाल अधिकार सञ्जाल गठन
बाल अधिकारको सवाललाई विद्यालय र स्थानीयस्तरबाट उठानका लागि इन्सेक कोशी प्रदेश कार्यालयको आयोजनामा चैत ४ गते प्रदेशस्तरीय बालअधिकार सञ्जाल गठन गरिएको छ । सुनसरी देवानगञ्जका अक्षय यादवको अध्यक्षतामा ११ सदस्यीय…