इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन
नारी वेदनाका घटनामा आधारित रही इन्सेकको सहकार्यमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसमा सडक नाटक प्रदर्शन गरिएको छ । ‘मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस’ का अवसरमा भदौ २० गते चौविसकोठी, भरतपुरमा नाटक प्रदर्शन गरिएको हो । आशिष सामाजिक सेवा संस्थाको आयोजनामा र इन्सेक, माइती नेपाललगायतका संस्थाहरूको सहकार्यमा नाटक प्रस्तुत गरिएको हो ।
बलात्कार घटना नारीले भोग्नुपरेको र अन्य हिंसाका विषयमा नाटक प्रस्तुत गरिएको थियो । 'नाटक निकै प्रभावकारी छ, वर्तमान नेपाली समाजको नारी वेदनामा आधारित यथार्थ चित्रण प्रस्तुत भएको छ ।', प्रत्यक्ष अवलोकनपछि टिप्पणी गर्दै चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय भरतपुरकी महिला तथा बालबालिका सेलकी इन्स्पेक्टर सरिता विकले नाटकले वास्तविक घटनाको चित्रण गरेको प्रतिक्रिया दिनुभयो । बलात्कार र अन्य हिंसाबाट पीडित महिलाहरू दैनिक रुपमा कार्यालयमा आउने गरेको भन्दै उहाँले हिंसा पीडितहरू कतिपय आफ्नै नाताभित्रका र चिनेजानेकै मानिसहरू रहने गरेको उहाँले बताउनु भयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति चितवनको आयोजनामा भदौ २० गते भरतपुर महानगरपालिका-१०, मालपोतचोकबाट चौविसकोठीसम्म प्रभातफेरी निकालिएको थियो । सहकार्य गर्ने अन्य संस्थाहरूमा इन्सेक, माइती नेपाल, आशिष सामाजिक सेवा नेपाल, सामरी उत्थान सेवा, आफन्त नेपाल, चेली नेपाल र नारायणी इङ्लिस पब्लिक स्कुल रहेको थियो ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार समूहद्वारा लैङ्गिक हिंसा विरुद्ध सचेतनामूलक र्याली
देवचुली – ९ मा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा इन्सेकद्वारा गठित कालिका बाल अधिकार समूह ले २०८० मङ्सिर २२ गते सचेतनामूलक र्याली निकालेका छन् । कालिका माध्यमिक विद्यालयको…
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बाल अधिकार चेतना समूहद्वारा सडक नाटक प्रर्दशन
इन्सेकको सहयोगमा कैलारी गाउँपालिकास्तरीय मानव अधकार समूह, बाल अधिकार चेतना समूह र राष्ट्रिय माध्यामिक विद्यालयको संयुक्त आयोजनामा बाल अधिकार चेतना समूहले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मङ्सिर २२…
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मानवअधिकार महाभेला गण्डकी प्रदेश, राष्ट्रिय मानव अधिकार आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा मङ्सिर २२ गते पोखरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा…
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मनहरी गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र
मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी कार्यक्रममा देखिएका समस्याहरू समाधान गर्नको लागि मनहरी गाउँपालिकामा गठन भएको मानव अधिकार समूहले मनहरी गाउँपालिकाको अध्यक्षलाई ज्ञापन पत्र बुझाएको…
लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नु आवश्यकः उपाध्यक्ष चौँलागाईँ
बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौँलागाईँले लैङ्गिक हिंसाको पहिचान र प्रतिकार गर्नलाई तयार रहन युवा वर्गलाई अनुरोध गर्नु भएको छ । गैरसरकारी संस्था महासङ्घ, मकवानपुरको आयोजना, हेटौँडा उपमहानगरपालिका र…