इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल
परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा ०८१ असोज ४ गते कार्यक्रम सम्पन्न भएको हो ।
मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको रोयम नेपाल कर्णाली प्रदेशले कर्णाली प्रदेशका १० ओटै जिल्लामा जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठन गरी मानव अधिकारकर्मी उत्पादन गर्नुका साथै मानव अधिकारको प्रत्याभूति गर्ने उद्दश्यका साथ हुम्ला जिल्लामा पनि यो कार्यको थालनी गरिएको रोयम नेपाल, कर्णाली प्रदेश संयोजक सन्तोष विकले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै संयोजक विकले हुम्ला जिल्लामा पनि मानव अधिकारका क्षेत्रलाई क्रियाशील बनाई सरोकारवाला निकायले गरेका मानव अधिकार उल्लङ्घनका विषयमा उठान गर्ने मानव अधिकार रक्षक सञ्जाल गठन गर्न थालेको उल्लेख गर्नुभयो ।
संस्थाले १८ वर्ष भन्दा माथि ३० वर्ष भन्दा मुनिका युवाहरूलाई समेटेर मानव अधिकार रक्षक सञ्जाल गठन गर्न थालेको छ । उक्त सञ्जाल गठनका लागि इन्सेकको पनि ठूलो भूमिका रहेको भन्दै रोयम नेपालले इन्सेकको सहकार्यमा उक्त कार्य गरेको छ ।
जिल्ला स्तरीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि रोयम नेपालले पहिलोदिन इन्सेक, गैरसरकारी महासङ्घ, नेपाल पत्रकार महासङ्घ, मानव अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्था, नागरिक समाज र गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलाई सहभागी गराई युवा मानव अधिकार रक्षक सञ्जालमा समावेश गरिनुका साथै युवाहरूको नाम समेत पहिचान गरिएको छ ।
२५ सदस्यीय युवा मानव अधिकार रक्षक सञ्जाल गठनपछि सो कमिटीले जिल्लाभरीको बस्तुस्थितिलाई बुझि त्यसको पहलकदमी गर्ने भएको छ भने जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक न्यायका निम्ती पनि उठान गर्ने भएको छ ।
नन्द सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
गण्डकीमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा गण्डकी प्रदेशमा बाल अधिकार समूहको प्रदेशस्तरीय सञ्जाल बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा बाल अधिकार समूहहरूको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका…
गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो…
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…