इन्सेकको समन्वयमा पर्यवेक्षण गर्ने संस्थाबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गुल्मीले जिल्लाका सबै पर्यवेक्षण गर्ने संस्थासँग असार ११ गते अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा पर्यवेक्षण गर्ने संस्थाहरूले एक आपसमा मिलेर सूचना सङ्कलन, सूचनाको आदानप्रदान र अनगुमनलाई समन्वयात्मक बनाउने सहमति गरिएको छ ।
अन्तरक्रियामा अहिलेसम्म जिल्लामा भएको चुनावी गतिविधि, आचारसंहिता पालनाको अवस्था र मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताको बारेमा छलफल भएको थियो । साथै पर्यवेक्षकहरूले पालना गर्नुपर्ने आचारसंहिताको बारेमा पनि अर्न्तक्रियामा छलफल भएको थियो । कार्यक्रममा इन्सेक गुल्मी, नियोक, इओसी, गैरसरकारी संस्था महासङ्घ, मानव अधिकार मञ्च र नेपाल मानव अधिकार सङ्गठनका पर्यवेक्षकहरूको सहभागिता रहेको थियो ।
जिल्ला स्थित पर्यवेक्षकको संयुक्त टोलीले आजै रेसुङ्गा नपा-१२ को रानीपोखरी निमावि मतदान केन्द्रको अनुगमन समेत गरेको छ ।
टोपलाल अर्याल
सम्बन्धित इन्सेक गतिविधिहरू
मधेस प्रदेशको मानव अधिकार विषयक छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डाक्टर कुन्दन अर्याल, सूचना अधिकारी कृष्ण गौतम, मधेस प्रदेश संयोजक राजु पासवान, प्रलेख अधिकृत मोहन कुमार चौधरी, सहायक अधिकृत मधु पन्थीलगायतको टोलीले ०८१…
हिंसा पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग
पचालझरना गाउँपालिका–१ की २४ वर्षीया सरिता खड्कालाई इन्सेकले कानुनी प्रक्रियामा जानका लागि कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपाली मार्फत ०८१ असोज ४ गते ९ हजार रुपियाँ सहयोग गरेको छ ।…
इन्सेकको समन्वयमा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल
परियोजना परिचयात्मक तथा युवा मानव अधिकार रक्षक सञ्जाल गठनका लागि जिल्ला स्तरीय सरोकारवालाहरूसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । रोयम नेपालको आयोजना, (AEIN) को आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी तालिम सम्पन्न
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा ०८१ असोज ३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकको परम्परा…
मानव अधिकार सहायता कक्ष सवलीकरण छलफल सम्पन्न
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल कार्यक्रम ०८१ असोज २ गते धनगढीमा सम्पन्नभएको छ । मानव अधिकार सहायता कक्षका प्रदेश संयोजक देबी खनालले…