इन्सेकको समन्वयमा परियोजना व्यवस्थापन तथा श्रोत परिचालनसम्बन्धी तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा विराटनगरमा कात्तिक २३ गतेदेखि 'साझेदार संस्थाका प्रतिनिधिहरूलाई परियोजना व्यवस्थापन तथा श्रोत परिचालन'सम्बन्धी चार दिने तालिम सुरु गरिएको छ ।

नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजना अन्तर्गत यूरोपियन युनियनको सहयोग र डिसिएको आयोजनामा उक्त तालिम आयोजना गरिएको हो ।

तालिममा इन्सेक पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले मानव अधिकारको सवाल बृहत भएको बताए । उनले सशस्त्र द्वन्द्वको समयमा बाँच्न पाउने कुरा महत्वपूर्ण भएपनि पछिल्लो समयमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका सवाल नै मुख्य रहेको बताए ।

डिसिएका प्रतिनिधि गेहेन्द्र गिरीले स्थानीय संस्था र नागरिक समाजले स्थानीय सवाललाई उठाउनुपर्नेमा जोड दिए ।

परियोजना संयोजक सारा न्यौपानेले नेपालमा विभेद गरिएका समूहको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रवर्धनका लागि मानव अधिकार रक्षक तथा नागरिक समाजको सुदृढीकरण परियोजनाको उद्देश्य र तालिमको आवश्यक्ताबारे जानकारी दिएकी थिइन् ।

तालिममा इन्सेक, जागरण नेपाल, दलित सेवा सङघ र नेपाल अपाङ्ग समाजलगायतका संस्थाका २० जनाको सहभागिता रहेको छ ।

photo2016111109morang photo2016111109morang2

इन्सेक क्षेत्रीय कार्यालय, विराटनगर